२९ असार २०८३, सोमबार

‘सक्किगोनि’को नयाँ सिजन जेठ ११ गतेबाट

बैशाख २९, २०८०
‘सक्किगोनि’को नयाँ सिजन जेठ ११ गतेबाट

केही महिनादेखि बन्द रहेको लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनि’ जेठको दोस्रो साताबाट प्रसारणमा आउने भएको छ । 

निर्माण टिमले टिजर सार्वजनिक गर्दै जेठ ११ गते बिहीवारबाट टेलिसिरियल प्रसारणमा आउन लागेको जानकारी दिएको हो । 

हिमालय टेलिभिजनमा बेलुका ८ बजे टेलिसिरियल प्रसारणमा आउनेछ । 

त्यस्तै, राती ९ बजे इएच डिजिटल युट्युब च्यानलमा सिरियल सार्वजनिक हुनेछ ।

अर्जुन घिमिरे र कुमार कट्टेलको निर्देशनमा यो सिरियल तयार हुँदै आएको छ ।

विगतका सिजनकै लोकप्रिय कलाकारहरूको अभिनय तेस्रो सिजनमा पनि रहनेछ । 

salt training

कमेन्ट गर्नुहोस्