१९ असार २०८३, शुक्रबार

ट्विटरको जिम्मेवारी एक महिलालाई दिने इलोन मस्कको घोषणा, को होलिन् उनी ?

बैशाख २९, २०८०
ट्विटरको जिम्मेवारी एक महिलालाई दिने इलोन मस्कको घोषणा, को होलिन् उनी ?

सामाजिक सञ्जाल ट्विटरका मालिक इलोन मस्कले यसको जिम्मेवारी एक महिलाले सम्हाल्ने घोषणा गरेका छन् । 

महिला प्रमुख कार्यकारी अधिकारी (सीईओ) लाई जिम्मेवारी दिएर आफू कार्यकारी अध्यक्ष तथा प्रमुख प्राविधिक अधिकारी (सीटीओ) को भूमिकामा रहने भनी मस्कले ट्वीट गरी जानकारी दिए । 

— Elon Musk (@elonmusk) May 11, 2023

मस्कको यो घोषणापछि ती महिला सीईओ को हुन् भनी चर्चा शुरू भएको छ । सबभन्दा बढी चर्चा लिन्डिया याकारिनोको छ । 

उनी एनबीसीयुनिभिर्सलमा विगत एक दशकभन्दा बढी समयदेखि कार्यरत छिन् । उनले विज्ञापनको प्रभावकारितालाई थप राम्रो तरिकाले मापन गर्नुपर्ने भनी पैरवी गर्दै आएकी छन् । 

पेन स्टेट विश्वविद्यालयबाट लिबरल आर्ट्स र टेलिकम्युनिकेशन्समा उनले पोस्टग्राजुएट गरेकी हुन् । 

याकारिनोले मस्कसँग अप्रिलमा मायामीमा आयोजित एक विज्ञापन सम्मेलनमा अन्तर्वार्ता गरेकी थिइन् । मस्कको काम गर्ने तरिकाको उनले प्रशंसा गरेकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्