१९ असार २०८३, शुक्रबार

कोरिया जान ७०० श्रमिकले मात्र दिए आवेदन

कोरिया जान ७०० श्रमिकले मात्र दिए आवेदन

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण  कोरियामा  पानीजहाज  (सिप  बिल्डिङ)  निर्माणको  क्षेत्रमा  काम  गर्न  सात  सय  नेपाली  श्रमिकको आवेदन परेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यसअघि कोरिया जान रोस्टरमा परेकामध्येबाट एक हजार दुई सय माग गरेकामा सात सयको मात्रै आवेदन परेको हो ।

एचआरडी   कोरियाले   दक्षिण   कोरिया   पानीजहाज  निर्माण  क्षेत्रमा  काम  गर्न  तीन  हजार  नेपाली श्रमिकको माग गरेकामा एक हजार दुई सय यसअघि रोस्टरमा परेकामध्येबाट र एक हजार आठ सय जना नयाँ माग भनेको छ तर कोरिया जानका लागि यसअघि नै रोस्टममा परेकाबाट मागभन्दा पाँच सय कमको आवेदन परेकाले दुुई हजार तीन सय जना नयाँबाट आवेदन माग गरिने वैदेशिक रोजगार विभाग (इपिएस) शाखाले जनाएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्