२० असार २०८३, शनिबार
प्रधानमन्त्रीसँग प्रश्नोत्तर

दरबार हत्याकाण्ड र मदन-आश्रितबारे नयाँ शिराबाट अनुसन्धान हुनुपर्छ– प्रधानमन्त्री

दरबार हत्याकाण्ड र मदन-आश्रितबारे नयाँ शिराबाट अनुसन्धान हुनुपर्छ– प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दरबार हत्याकाण्डसहितका वीभत्स हत्याकाण्डहरूबारे नयाँ शिराबाट अनुसन्धान हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा बिहीवार स्वतन्त्र सांसद प्रभु साहले गौर हत्याकाण्डबारे सोधेको प्रश्नको जवाफमा प्रचण्डले विगतका सबै हत्याकाण्डको नयाँ शिराबाट अनुसन्धान हुनुपर्ने बताएका हुन् ।

'चाहे त्यो गौर हत्याकाण्ड होस्, चाहे नेपालको इतिहासकै सबैभन्दा वीभत्स दरबार हत्याकाण्ड होस्, ती सबैको नयाँ शिराबाट छानबिन हुनुपर्छ,' प्रचण्डले भने, 'अहिले जे जसरी ती कुरालाई बिर्साउने कोशिश भइरहेको छ, त्यसलाई गम्भीर रूपले लिनुपर्छ । म त मदन-आश्रितको बारेमा पनि नयाँ शिराबाट छानबिन हुनुपर्छ भन्ने ठान्छु ।'

उनले यस विषयमा सबैले गम्भीर विचार विमर्श गरेर उपयुक्त बाटो पहिल्याउनुपर्ने धारणा राखे । 

२०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको परिवारको नारायणहिटी दरबारभित्रै हत्या भएको थियो । 

त्यसअघि २०५० सालमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको गाडी चितवनस्थित दाशढुंगाबाट त्रिशुली नदीमा खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्