२४ असार २०८३, बुधबार

प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न– पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने किन ?

प्रधानमन्त्रीलाई चित्रबहादुरको प्रश्न– पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने किन ?
फाइल फोटो

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालमा नयाँ प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण किन भारतबाटै हुनुपर्ने किन हो भनी प्रश्न गरेका छन् ।

प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस्तो कुनै बाध्यता नभएको बताए । आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा उक्त परम्परा तोडिसकेको पनि उनले जानकारी गराए ।

​यद्यपि खुला सिमाना, आर्थिक, सामाजिक, सांस्कृतिकसहित पक्षलाई हेरेर भारतबाट भ्रमण गर्ने गरिएको उनको भनाइ थियो ।

‘नेपालमा त्यस्तो कुनै बाध्यता छैन । बाध्यता छैन भन्ने प्रश्नको जवाफ पहिलोपटक म प्रधानमन्त्री हुँदा व्यावहारिक रूपमै दिइसकेको छु,’ प्रधानमन्त्रीले भने, ‘भारतसँग खुला सिमाना, सामाजिक आर्थिक, सांस्कृतिक पक्षलाई हेरेर भारतको भ्रमण हुने गरे पनि कुनै बाध्यता छैन । त्यो कुरा प्रमाणित गरिसकिएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्