१६ असार २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्ड 'ह्यान्डसम' र दौरा सुरुवाल लगाउँदा खाइलाग्दो भन्दै संसदमा ठट्टा

प्रधानमन्त्री प्रचण्ड 'ह्यान्डसम' र दौरा सुरुवाल लगाउँदा खाइलाग्दो भन्दै संसदमा ठट्टा

प्रधानमन्त्रीलाई प्रश्न गर्न बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री 'ह्यान्डसम' र खाइलाग्दो देखिएको भन्दै ठट्टा गरेका छन् ।

मूल प्रश्नमा प्रवेश गर्नुअघि पन्तले प्रधानमन्त्री पहिलेभन्दा ह्यान्डसम देखिएको  र दौरा सुरुवाल लगाउँदा खाइलाग्दो देखिएको टिप्पणी गरेका हुन् ।  

‘प्रधानमन्त्रीज्यू पहिलेभन्दा ह्यान्डसम देखिनुभएको छ । झन् दौरा सुरुवाल लगाएर आउनुभएको छ । खाइलाग्दो पनि देखिनुभएको छ,’ पन्तले भने, ‘कामना छ, प्रधानमन्त्रीज्यू जति खाइलाग्दो देखिनुभएको छ, नेपाली जनता पनि छिटो खाइलाग्दा देखिऊन् ।’

त्यसको जवाफमा प्रचण्डले आफूलाई ह्यान्डसम र खाइलाग्दो देखेकोमा धन्यवाद दिए । ‘खाइलाग्दो देख्नुभयो धन्यवाद, तर मेरो तौल घटेको छ,’ प्रचण्डले भने ।

salt training

कमेन्ट गर्नुहोस्