×

NMB BANK
NIC ASIA

विज्ञापन बोर्डले लोककल्याणकारी विज्ञापन कटौती गरेकोमा युनियनको आपत्ति

जेठ ७, २०८०

NTC
Premier Steels

नेपाल प्रेस युनियनले लोककल्याणकारी विज्ञापन कटौती गर्ने विज्ञापन बोर्डको निर्णयप्रति आपत्ति जनाएको छ ।

Muktinath Bank

बोर्डले जेठ १५ गतेसम्म प्रकाशित विज्ञापनको मात्रै भुक्तानी गरिने भन्दै सूचना प्रकाशित गरेपछि युनियनले आपत्ति जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सञ्चार माध्यमहरूलाई नेपाल सरकारबाट उपलब्ध गराईने सार्वजनिक हितसम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा समानुपातिक रुपमा वितरण गर्न स्थापना भएको विज्ञापन बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम नपुग भएको कारण देखाउँदै कटौती गर्ने मनसायले सूचना प्रकाशित गरेकोप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ’ युनियनका तर्फबाट महासचिव दिलीप पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘विज्ञापन बोर्डले जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी सूचना प्रकाशित गरेको छ । सञ्चार माध्यमलाई सरकारको तर्फबाट नियमित रुपमा प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन कटौती गर्ने निर्णय खेदजन्य छ । सरकारको यो निर्णय नेपाली सञ्चार माध्यमले मुलुकको राजनीति परिवर्तन गर्न, सुशासन कायम गर्न, विचार निर्माण गर्न, चेतना अभिवृद्धि गर्न गरेको योगदानको अवमूल्यन हो भन्ने प्रेस युनियनको ठहर छ ।’


Advertisment
Nabil box
Kumari

विज्ञापन बोर्ड गठन भएपछि सञ्चार माध्यमलाई थप सहयोग र सहजीकरण हुने अपेक्षा गरिए पनि उल्टै अप्ठ्यारो पार्ने काम गरेको भन्दै युनियनले असन्तुष्टि जनाएको हो । 

Vianet communication

‘सञ्चार माध्यमलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित बनाउनुको साटो बोर्डले विज्ञापन भुक्तानी गर्दा ३ प्रतिशत रकम कटौती गर्ने गरेको र भुक्तानीमा झन्झटिलो भएको समेत सञ्चार माध्यमले गुनासो गर्दै आएका छन्’ युनियनले भनेको छ, ‘सञ्चार माध्यमका लागि काम गर्ने अपेक्षा गरिएको बोर्डबाट सञ्चार क्षेत्रलाई नै प्रतिकूल हुने निर्णय गरिनुले बोर्डको औचित्वमाथि प्रश्न उठेको छ ।’​

लोककल्याणकारी विज्ञापन स्थगित गर्ने बोर्डको निर्णय तत्काल सच्चाएर निरन्तर रुपमा लोककल्याणकारी विज्ञापन वितरणको व्यवस्था मिलाउन नेपाल प्रेस युनियनले विज्ञापन बोर्ड र नेपाल सरकार समक्ष आग्रह गरेको छ । 

‘साना लगानी तथा स्वरोजगारमूलक सञ्चार माध्यमको हित विपरीत विज्ञापन कटौती गर्ने निर्णय तत्काल फिर्ता नलिएमा देश व्यापी आन्दोलन गर्न बाध्य हुने नेपाल प्रेस युनियन चेतावनी दिन चाहन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x