जेठ २२, २०८०
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
जेठ १०, २०८०
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ ।
गणतन्त्र स्थापना, संविधान जारी, संघीयताको कार्यान्वयनबाट समाजको उपरी संरचना बदलिनुपर्ने हो तर भुटानी शरणार्थी प्रकरणले आधारभूत संरचना जस्ताको तस्तै छ भन्ने कुरा त्यसमा संलग्न पात्रहरूबाट थप पुष्टि हुन्छ ।
समाजको उपरी संरचना बदलियो केवल शब्दमा मात्रै । राजनीतिक, सामाजिक जीवनलाई उच्च तहमा पुर्याएकाहरूकै समूह नक्कली शरणार्थी बनाउने प्रपञ्चमा सामेल हुनुले नेपाली समाजको चिन्तन बदलिएको छैन ।
दलालहरूमार्फत् उच्च राजनीतिक नेतृत्व, प्रशासन, स्वयं भुटानी शरणार्थी पक्षधर अधिकारकर्मी समेतको संलग्नताले मुलुकको छवि विश्व समुदायसामु झन् खस्किएको छ ।
भन्ने गरिन्छ, ‘पुँजीवादी उत्पादनको सम्बन्धभित्र भ्रष्टाचार अनिवार्य सामाजिक शर्त हुन्छ ।’ दलाल पुँजीवादका चरित्र हेर्दा यस्तो लाग्छ, उसको सामाजिक व्यवहार नै भ्रष्टाचार हो । दलालहरूको जीवनशैलीले पूरै भ्रष्टाचारी बनाउँछ र भ्रष्टाचारलाई व्यवस्थित र संस्थागत गराउँछ । शरणार्थी बनाउने प्रकरणमा दलका उच्च तहका नेता, मन्त्री, सचिव, अधिकारकर्मीसँग दलालहरू सेटिङमा हिँड्छन् र भ्रष्टाचारलाई संस्थागत गराउँछन् भन्ने पछिल्लो उदाहरण मात्रै हो ।
भ्रष्टाचार निवारण समाजमा छर्ने एउटा गुलियो नारा मात्रै बनेको छ । सरकारी जिम्मामा पुगेपछि नेतृत्वपंक्तिले जनताको भ्रष्टाचार विरोधी मनोविज्ञानलाई सम्बोधन गर्नैका लागि भ्रष्टाचारको विरोध गर्छन्, व्यवहारमा त्यस्तो देखिन्न । बरु भ्रष्टाचार शैली सिक्न दलालको पिछलग्गु बन्छन् र आफ्नो जीवनशैली बदल्नेतिर लाग्छन् ।
जनताले पटक–पटक निर्वाचित गराएर पठाएका राजनीतिक नेता, उनीहरूले नै नियुक्ति दिएका स्वकीय, कर्मचारीको सेटिङले भ्रष्टाचारको मूल थलो बनेको छ । मुलुकको अर्थतन्त्रलाई नियन्त्रणमा सामर्थ्य राख्ने उच्च व्यापारी, व्यवसायीहरूको राजनीतिक नेतृत्वसँग सिधै पहुँच, त्यहाँ पुग्ने माध्यमका रूपमा रहेका दलालहरू उनीहरूका सबैभन्दा नजिकका प्रिय पात्र हुन्छन् ।
समाजको अर्धचेत, व्याप्त गरीबी, रातारात जीवनशैली बदलेको देख्नु र आफू पनि त्यहीँ पुग्न हतारो गर्ने समूह अहिले सबैभन्दा बढी पीडित भएका छन् । भलै नक्कली शरणार्थी बन्न तयार भएकाहरू तेस्रो मुलुक गइसकेको भए सायद यो काण्ड सतहमा आउने थिएन । बेरोजगारीमा रुमलिएका युवाहरू छिट्टै कमाउन पाउँ भन्ने सपना बोक्नु एउटा पक्ष हो तर उनीहरू पनि आफ्नो परिचयसमेत गुमनाम बनाएर देश त्याग्न तयार हुनु मातृभूमिका लागि सुखद् पक्ष होइन । केही प्रतिशत दोषको भागिदार उनीहरू पनि हुनुपर्छ ।
व्यवस्था खराब होइन, यसका सञ्चालकहरूको कार्यशैली र व्यवहारले व्यवस्था खराब हो कि भन्ने प्रश्न उठेको छ । व्यवस्था राम्रो बनाउने अन्ततः राजनीतिक दलहरूबीच प्रतिस्पर्धाबाट चुनिएका व्यक्तिहरूबाटै हो । व्यवस्थालाई सही ढंगले परिचालन गर्न मुख्यतः राजनीतिक इच्छा शक्ति चाहिन्छ । राजनीतिक दलका नेताहरूले राम्रो काम गरे जनताले सम्मान दिन्छन् ।
भ्रष्टाचारीको दाग
बहुदलीय व्यवस्था आएपछि राज्य सञ्चालकहरूद्वारा भएका भ्रष्टाचार, अनियमितता, विकृति अहिले मात्रै देखिएको होइन । राज्य सञ्चालनको पहुँचमा रहेका बेला त्यसको सही सदुपयोग गरेर जनताको पक्षमा उभिनुपर्ने दायित्व हो । त्यसको सही मूल्याकंन जनताले गर्छन् । जब–जब उच्च पदमा पुगेका नेतृत्वको जीवनशैली र कार्यशैलीमा फरक आउँछ, ऊ कुनै न कुनै भ्रष्टाचारमा फसेको इतिहास छ ।
पछिल्लो समय राजनीतिक उच्च पदको हैसियत लिएकामध्ये नेकपा एमालेका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री भइसकेका टोपबहादुर रायमाझी । उनीहरूप्रति लागेको आरोपमा अनुसन्धान हुँदैछ । उनले ‘क्लिन चिट’ पाउलान् वा नपाउलान् ? त्यो समयले बताउला । उनले ‘क्लिन चिट’ पाइहाले पनि अब उनको सार्वजनिक राजनीतिक जीवन लगभग समाप्त भएको छ । यो चक्र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको हकमा पनि लागू हुनेछ ।
यसअघि भ्रष्टाचारको मुद्दा व्यहोरेका चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, स्व. खुमबहादुर खड्का, जेपी गुप्ताको हालत हेर्दा पुग्छ । उनीहरूको विज्ञता, आदर्श, विचार एक ठाउँमा होला तर समाजले त्यसलाई पचाउँदैन । जसबाट भ्रष्टाचार सामाजिक कलंक हो भन्ने मान्यतालाई बलियोसँग स्थापित गरेको छ ।
भुटानी शरणार्थी प्रकरणमा मुछिएका अन्य २ पात्र । पहिलो पात्र भुटानी शरणार्थीको पक्षमा जेलनेल खाएका टेकनाथ रिजाल । जसले शरणार्थी केसलाई अन्तर्राष्ट्रियकरण गरे । युरोपमा एक जना नेपालीले यस पंक्तिकारसँग भनेका थिए, ‘म यहाँ युरोप (बेल्जियम) बस्नका लागि डकुमेन्ट र अन्तर्वार्ताका लागि टेकनाथ रिजालको किताब ५ पटक पढेर गएको थिएँ तर पछि भुटानको कुन वर्गमा जन्मिएको हो भन्न सकिनँ ।’
उनै टेकनाथलाई नेपाली मूलधारको मिडियाले बढी नै स्थान दिएको हो । मिडियाले बनाएको उनको त्यो भिमकाय शरणार्थी नेताका छवि एकाएक खरानी बनेको छ । उनको आदर्शबाट लाख बढी शरणार्थी तेस्रो मुलुकमा व्यवस्थित भए । युरोप, अमेरिकामा २०५५ सालअघि गएकाहरूले पनि भुटानी शरणार्थीबाट डकुमेन्ट बनाएर बसेका छन् । एउटा छुटाउनै नहुने विषय आत्मलोचित हुँदै मिडियाले उचालेका पात्रहरू र अहिले हामीले उनीहरूविरुद्ध समाचार लेख्नु पर्दा समीक्षा चाहिँ गर्न जरुरी छ ।
अर्का दोस्रो पात्र हुन् डा. ईन्द्रजीत राई । माओवादी सशस्त्र संघर्ष उत्कर्षमा पुग्दै थियो । ‘कान्तिपुर’मा उनलाई पटक–पटक द्वन्द्व विज्ञका रूपमा स्थापित गराइयो । २०६१ सालमा खोज पत्रकारिता केन्द्र (खोपके) मा मैले ‘बन्दुकको खर्च’ शीर्षकमा स्टोरी गर्दा राईसँग लामै सम्पर्क भएको थियो । उनै राई माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीसँगै लहसिएर सांसद हुँदै पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सुरक्षा विज्ञ बन्न सफल भए ।
‘बादल’को नाम अहिले सबैभन्दा बढी बदनाम सल्लाहकार राईबाट भएको छ । बादल परिवारमा राई यतिसम्म हाबी बनेका थिए कि पत्नी नयनकला थापा सञ्चारमन्त्री हुँदा स्वघोषित सल्लाहकारका रूपमा मन्त्रालयको एउटा कोठामा कब्जा गरेका थिए ।
‘पार्टीमा निर्णय हुनुपथ्र्यो । उनी सुरक्षा विज्ञ हुन्, सञ्चार विज्ञ थिएनन् तर एकाएक नयनकला थापाले शपथ लिएकै दिन सञ्चार विज्ञको मूल कुर्चीमा गएर बसिसकेका थिए,’ पूर्व सञ्चार मन्त्री पार्वत गुरुङका एक सल्लाहकारले त्यो बेलाको दृश्य वर्णन गर्दै सुनाए ।
जे जति ‘हाई प्रोफाइल’ पात्रहरू शरणार्थी काण्डको अनुसन्धानमा परेका छन्, समाजले उनीहरूप्रति एकखालको धारणा बनाइसकेको छ । रायमाझी, खाँण, राई, रिजालहरूले काण्डमा नरहेको भनि ‘क्लिन चिट’ पाए पनि उनीहरूप्रति समाजको सकारात्मक धारणा पलाउने सम्भावना कमै छ ।
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
‘खल्तीमा सुको छैन, खुब नेता बन्नुपरेको छ । जा, छिटो एक भारी घाँस काटेर आइज ।’ बाआमाको यस्तो गाली नखाएका अहिलेका प्रौढ नेता शायदै होलान् । जो गाउँमा जन्मे, हुर्के, त्यहीँ स्कूल पढे, ती अधिकांशको ...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...
नेपालको संविधान २०७२ को भाग ४ ले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वसम्बन्धी व्यवस्था गरेको छ । भाग ४ को धारा ५१ मा राज्यका विभिन्न नीतिहरूबारे विशेष व्यवस्था छ । जसमध्ये 'विकास सम्बन्धी नीति'मा(५...
संविधान कार्यान्वयनपछि निर्वाचित संस्थाहरूले आफ्नो पहिलो कार्यावधि संघीयता कार्यान्वयनका केही आधारभूत कानूनबेगर नै पूरा गरे । संविधानले दिएको अधिकार प्रयोग गर्ने प्रणाली निर्माण गर्न ती कानूनहरूको अभावमा आफूहरू...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...