०९ साउन २०८३, शनिबार

भ्रष्टाचारविरुद्ध बोल्न सक्ने पनि गणतन्त्रले नै बनाएको हो– सञ्चारमन्त्री शर्मा

भ्रष्टाचारविरुद्ध बोल्न सक्ने पनि गणतन्त्रले नै बनाएको हो– सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छन् ।

बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ नामक तस्वीर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन (राजतन्त्र) हुन नसक्ने बताएकी हुन् ।

‘राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा पनि गणतन्त्रबाट सम्भव भएको हो । नत्र यसरी स्वतन्त्रता हुँदैनथ्यो । हाम्रा शासक, सत्ता सञ्चालकहरूले गरेका कमजोरी र गल्तीलाई पनि हामी बाहिर बोल्न सक्दैनथ्यौं,’ उनले भनिन्, ‘यहाँ भएका समस्यालाई सुधार गर्ने पनि गणतन्त्रले नै हो । लोकतन्त्रले नै हो । यसको विकल्प पश्चगमन हुन सक्दैन । पछाडि फर्कने कुरा हुन सक्दैन ।’

गणतन्त्रकै कारण भ्रष्टाचार र बेथितिविरुद्ध ढुक्कले बोल्न सक्ने वातावरण बनेको उनको तर्क छ ।

मन्त्री शर्माले सरकार सञ्चालनका क्रममा भएका त्रुटिलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने बताइन् । उनले गणतन्त्रले दलित, महिला लगायतका उत्पीडित समुदायलाई राजनीतिको शीर्ष तहमा पुर्‍याएको पनि बताइन् ।

राज्यको माथिल्लो तहमा पुगको कोही व्यक्ति बिग्रिएमा त्यसलाई गणतन्त्रको दोष भन्न नमिल्ने उनको जिकिर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्