२९ असार २०८३, सोमबार

गायक ईश्वर पोखरेलले ल्याए ‘साहुकी छोरी’

गायक ईश्वर पोखरेलले ल्याए ‘साहुकी छोरी’

गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘साहुकी छोरी’को भिडियो सार्वजनिक भएको छ । 

पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो । 

अस्ट्रेलियामा रहेपनि गीत संगीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा 'जानु पर्यो  नि म त लाहुर' सार्वजनिक गरेका थिए । उनका करिब २ दर्जन भन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।  विगतमा गरेका २ सोलो एल्बम 'शीतल', 'अराइज' हो भने अस्ट्रेलियाबाट सामूहिक गीति एल्बम ”उडान” पनि २ वर्ष अगाडि  रिलिज गरेका थिए । 

 ‘साहुकी छोरी’ गीतमा शिव पलान अधिकारीको शब्द, एस डी योगीको संगीत, रिकेश गुरुङको एरेन्ज रहेको छ । 

भिडियोमा कमल सिंह, ललना चिमरिया र प्रकाश घिमिरे फिचर्ड छन् । मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायाङ्कन छ ।
 

salt training

कमेन्ट गर्नुहोस्