×

NMB BANK
NIC ASIA

बिहानको खाना खाएपछि १ घण्टा सुत्ने बानी परेको छ हिजोआज । वृद्धावस्थाले निमन्त्रणा दिएकाले हो कि अवकाश प्राप्त जीवन भएर हो ? आफ्नो बानी बिगारेको छु आफैंले । १ दिन यस्तै बेला घण्टी बज्यो मोबाइल म्यासेन्जरमा ।

Muktinath Bank

हेरें, फोन गर्नुभएको रहेछ बद्री दाइले धादिङ सदरमुकामबाट । बद्री दाइ अर्थात् बद्री दाहाल कवि तथा प्राज्ञिक धरोहर धादिङका । व्यंग्यविनोदका खप्पिस । व्यंग्य कविताको माध्यमबाट भ्रष्टाचारीहरूको सातो खाने स्वभाव त्यस्तै ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँ भन्दै हुनुहुन्थ्यो, ‘पण्डितवर रुद्रप्रसाद भट्ट गुरुको स्मृतिग्रन्थ विमोचन कार्यक्रममा निमन्त्रणा गर्न चाह्यौं, वैशाख ३० गतेलाई के कस्तो छ कुन्नि ?’


Advertisment
Nabil box
Kumari

निमन्त्रणा ३ किसिमले महत्त्वपूर्ण थियो मेरा निम्ति । एक त आफ्नै गृह जिल्लाबाट आमन्त्रित भएको थिएँ । दोस्रो निमन्त्रणा गर्ने व्यक्ति श्रद्धेय अग्रज बद्री दाइ आफैं हुनुहुन्थ्यो । तेस्रो थियो जिल्लाका शैक्षिक ज्योति तथा समाजसेवी व्यक्तित्वको स्मृतिग्रन्थ विमोचन कार्यक्रम । तथापि त्यसैदिनका लागि आमन्त्रित भइसकेको थिएँ नइ प्रकाशनबाट धेरै पहिले नै । त्यसैले भनें, ‘दाजुले निम्ता दिनुभएपछि नआउने त प्रश्नै छैन तर त्यस दिनका लागि अर्को कार्यक्रमको पनि निमन्त्रणा छ, के गरौं ?’ लगत्तै उहाँले भन्नुभो, ‘केही छैन, ३१ गते राखौंला त्यस्तै हो भने ।’

Vianet communication
Laxmi Bank

जाने साधन रुद्रप्रसाद भट्ट गुरुकै मध्यम पुत्र उपेन्द्र भट्टले व्यवस्था गरे, जो  जागिरे रहेछन् काठमाडौंमा कृषि विकास बैंकमा । तिनकुनेमा भेट्ने कुरा भएकाले समयमै त्यहाँसम्म पुर्‍याइदिए नानी छोरी शारदाको चालक भाइ गोपालले । उपेन्द्रजी पनि लगत्तै आइपुगे सवारीसाधन लिएर । साथमा थिए उनकै सानो छोरा र कृष्णप्रसाद दवाडी भाइ धादिङ ज्यामिरेका ।

करीब ११ बजेतिर पुगियो धादिङ पुछार बजार, जहाँ प्रतीक्षामा थिए रुद्र गुरुकै ज्येष्ठ पुत्र केशव भट्ट । उनकै घरमा खाना खाएर १२ बजेतिर लागियो कार्यक्रमस्थलतिर । यथा समयमै कार्यक्रम शुरू भएको भए पनि वक्ता धेरै, बोल्नुपर्ने व्यक्तित्व विशेष । कार्यक्रम सकिनै लाग्यो झण्डै ४ घण्टामा ।

कार्यक्रम लामै भए पनि मलाई भने खासै लामो लागेन । किनकि कार्यक्रमको प्रमुख अतिथि बनेको थिएँ धादिङको शैक्षिक गहना रुद्रप्रसाद गुरुको स्मृतिग्रन्थ विमोचनको । त्यसमाथि पाएको थिएँ बद्री दाइको काख र बाल सखा निजामती सेवाका निवृत्त सहसचिव राममणि दुवाडीको सानिध्य । यी तिनै मित्र हुन्, जसले लोक सेवा आयोगको शाखा अधिकृतमा १ नम्बरमा नाम निकालेर लामो समय अर्थ मन्त्रालयमा बिताएका थिए । 

सोचेभन्दा बढी आतिथ्य पाइयो गुरु परिवारकै तर्फबाट पनि । गुरुकी छोरी चन्द्रकला सापकोटा आध्यात्मिक व्यक्तित्व रहिछन् माथिल्लै स्तरकी । छोटो समयमै प्रभावित भएको थिएँ उनको बोलीवचन र व्यवहारबाट । कार्यक्रम सकियो, तत्काल परिचित कुनै एक मित्रको सौजन्यमा त्यसैदिन काठमाडौं फर्किएँ मनमा मीठो सम्झना बोकेर । साथमा थिए उनै मित्र राममणि दुवाडी र कृष्ण दुवाडी भाइ ।

कुरा गर्दागर्दै कति बेला नागढुंगा आइपुगिएछ पत्तै भएन । कलंकी आइपुगेपछि राममणिजी त्यतै ओर्लिए, आफू लागें आफ्नै निवास चुन्निखेलतिर । 

विक्रम संवत् १९८६ पुस ११ गते जन्मेर २०७९ जेठ १३ गते ९३ वर्षको उमेरमा दिवंगत हुनुभएका रुद्रप्रसाद भट्टको नाम बरोबर सुनिएको भए पनि भेटघाट भने खासै भएको थिएन उहाँसँग । पुस्तकको भूमिका पढेपछि थाहा पाएँ उहाँ त आफ्नै पिताजी पण्डित होमनाथ रिजालको गुरुभाइ हुनुहुँदो रहेछ ।

धादिङ मैदीको टीकादत्त भट्ट जाने–माने पण्डितमा पर्थे कुनै बेला । पिताजीले उहाँसँग पनि केही समय अध्ययन गरेको थिएँ भन्ने गर्नुभएको सुनेको थिएँ सानैमा । रुद्रप्रसाद गुरुले पनि उहाँसँगैै स्वाध्ययन गर्नुभएको रहेछ । सायद उहाँहरूबीच चिनजान पनि रहेको हुनुपर्छ तर दुवै दुनियाँमा हुनुहुन्न यतिबेला ।

पिताजीले छाड्नुभएको त २०३८ सालतिरै हो । हाल आएर सोही बाटो समाइसक्नुभएको छ रुद्रप्रसाद गुरुले पनि । 

धादिङ जिल्लाको जाने–माने शैक्षिक व्यक्तित्वमा पर्नुहुन्छ पण्डित रुद्रप्रसाद गुरु । उहाँले लामो समय जिल्लाका विभिन्न माविमा निःशुल्क शैक्षिक सेवा प्रदान गर्नुभएको मात्र थिएन, घरमै गुरुकूल खोलेर पनि शिक्षा दिनुभएको थियो, जुन कुरा जो कोहीले पनि थाहा पाउन सक्छन् स्मृतिग्रन्थबाट ।

प्राचीनकालमा शिक्षाको माध्यम नै गुरुकूल हुने गर्थे । प्राचीन आर्षपरम्पराका पक्षपाती रुद्रप्रसाद गुरुले पनि त्यसैलाई निरन्तरता दिनुभएको रहेछ । गिरिकन्या शोक काव्य र गया श्राद्धपद्धति प्रकाशित गराइसक्नुभएका रुद्र गुरु साहित्यिक व्यक्तित्वमा पनि पर्नुहुन्छ धादिङ जिल्लाको । विभिन्न छन्दमा लेखिएको गिरिकन्या शोक काव्य उच्चस्तरकै काव्यकृतिमा पर्छ भन्ने मेरो ठम्याइ छ ।   

उहाँको स्मृतिगन्थमा ४ खण्ड छन् । यीमध्ये पहिलो खण्डमा विभिन्न बौद्धिक व्यक्तित्वले उहाँको व्यक्तित्व उतारेका छन्, शब्दचित्रमा ६० वटा लेख निबन्धमार्फत । दोस्रो खण्डमा उहाँबारे विभिन्न कविले लेखेका कविताहरू समेटिएका छन् । तेस्रो खण्डमा उहाँले लेख्नुभएका फुटकर कविताहरू र चौथो खण्डमा उहाँकै व्यक्तिवृत्त सम्बन्धी विषयवस्तु समेटिएका छन् । अन्त्यमा उहाँ सम्बन्धी विभिन्न समयमा खिचिएका तस्वीरहरूले पनि उत्तिकै शोभा बढाएका छन् स्मृतिग्रन्थको ।

मानिस जन्मने र मर्ने नियम नै हो प्रकृतिको । जसले पनि आएपछि ढिलोचाँडो एक दिन जानैपर्छ, जानैपर्ने हुन्छ । भनाइ नै छ जन्मेकै मर्नका लागि र मरेकै जन्मिनका लागि । मात्र फरक सामान्य आत्माहरूले तत्कालै अर्को जन्म पाउँछन् । उनीहरूका निम्ति कोखको अभाव हुँदैन । यस निम्ति अनन्त कोख तयार छन्, हुन्छन् संसारमा तर दुष्ट आत्मा र दिव्य आत्माका निम्ति भने सितिमिति प्राप्त नहुने भएकाले कोख पाउन लामो समय कुर्नुपर्ने हुन्छ ।

दुष्ट आत्मालाई यसै पनि सितिमिति लिन चाहँदैन कुनै पनि कोखले । यसका लागि त्यस्तै किसिमको साइत जुर्नुपर्छ । दिव्य आत्माहरू जुन पायो त्यही कोखमा जान चाहँदैनन् । त्यसैले उनीहरूले पनि त्यस्तै लामो समय कुर्नुपर्ने हुन्छ आफू अनुकुुल कोख पाउन तर दिव्य आत्माहरूले आफू गए पनि अविनाशी कृति भने छाडेर गएका हुन्छन् ।

पण्डितवर रुद्रप्रसाद भट्ट पनि यस्तै व्यक्तित्वमा पर्नुहुन्छ । हाल उहाँका नाममा जुन स्मृतिग्रन्थ प्रकाशित भइसकेको छ, त्यसैले नै उहाँलाई अमर बनाएको छ । अब बाँकी छ उहाँले देखाउनुभएको बाटोलाई फराकिलो गर्दै जाने । यसमा पनि सर्वप्रथम उहाँकै परिवारले थप परिश्रम गर्नुपर्ने देखिन्छ ।

तत्कालका लागि एउटा गुठीको व्यवस्था गरी त्यसैको माध्यमबाट पूर्वीय दर्शनको क्षेत्रमा केही काम गर्दै जान सकिन्छ । शुरूआत भइसकेपछि स्थानीय सरकार र केन्द्र सरकारलाई पनि ध्यान दिन कर लाग्छ तर घच्घच्याउन भने छाड्नुहुँदैन । आशा गरौं, बिस्तारै आउनेछ त्यो दिन पनि । अहिलेलाई यति भनें साँच्चै अविस्मरणीय रहेको छ त्यो दिन ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x