२९ जेठ २०८३, शुक्रबार
आसेपासेलाई जागिर

वायुसेवा निगममा रोकिएन कार्यकर्ता भर्ती, दुई महिनामा १२ जनालाई नियुक्ति

जेठ १४, २०८०
वायुसेवा निगममा रोकिएन कार्यकर्ता भर्ती, दुई महिनामा १२ जनालाई नियुक्ति

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा आफन्त र कार्यकर्ता भर्तीले निरन्तरता पाएको छ ।

सरकार वा मन्त्री परिवर्तनपछि कार्यकर्ता र आसेपासेलाई जागिर खुवाउन नयाँ नियुक्ति दिने गलत परम्पराबाट वर्तमान सरकार तथा मन्त्री पनि अछुतो नरहेको पाइएको हो ।

वायुसेवा निगममा प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनोट गर्ने भन्दा आफन्त र कार्यकर्ता भर्ती गर्ने पुरानै बेथितिलाई अहिलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पनि निरन्तरता दिएका छन् ।

वायुसेवा निगम सुधार गर्ने प्रतिबद्धतासहित गत माघ ३ मा पदभार सम्हालेका मन्त्री किरातीकै मन्त्रालय र मातहतका निकायमा आफन्त एवं आसेपासे भर्ती भइरहेको पाइएको छ ।

पछिल्लो २ महिनामा मात्र १२ जना भर्ती भएका छन् । निगमको केन्द्रीय कार्यालय र विमानस्थलमा नयाँ कर्मचारी भर्ती भइरहेका हुन् । 

निगम स्रोतले लोकान्तरलाई उपलब्ध गराएको एक सूचीअनुसार फागुन ३० मा १, चैत १३ मा १, चैत ३० मा ६, वैशाख ५ मा २, वैशाख १७ मा १, वैशाख २६ मा १ गरी १२ जना नियुक्त भएका छन् । 

मासिक २७ हजार रुपैयाँ पाउने गरी यी कर्मचारी करारमा नियुक्त भएका हुन् । नयाँ भर्ती हुनेमा सवारी चालकदेखि कार्यालय सहायकसम्म छन् । 

दुई जना भने 'एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनीयर' भर्ती गरिएको छ । ती दुईले पाउने पारिश्रमिक खुलाइएको छैन ।

हेर्नुहोस्, भर्ती गरिएकाहरूको सूची:

१. सोहनकुमार महर्जन, काठमाडौं, एयरक्राफ्ट इन्जिनीयर

२. ईश्वरी गिरि, गोरखा, एयरक्राफ्ट इन्जिनीयर

३. दुर्गानन्द मुखिया, सुनसरी, ड्राइभर

४. बबिना राई, भोजपुर, जुनियर असिस्टेन्ट

५. मञ्जु गौतम, काभ्रे, जुनियर असिस्टेन्ट

६. उर्मिला लामिछाने, कास्की, जुनियर असिस्टेन्ट

७. अशोक कुमार राई, खोटाङ, जुनियर असिस्टेन्ट

८. मालती राई, भोजपुर, जुनियर असिस्टेन्ट

९. प्रतिक्षा इटनी, धादिङ, जुनियर असिस्टेन्ट

१०. स्वस्तिका आचार्य, झापा, जुनियर असिस्टेन्ट

११. नरेन्द्र रसाइली, बझाङ, जुनियर असिस्टेन्ट

१२. विमला कठायत, कैलाली, जुनियर असिस्टेन्ट

यसरी कार्यकर्ता भर्ती गर्नेमा तत्कालीन पर्यटन मन्त्री प्रेम आले अझै अगाडि थिए । उनले आफ्नो कार्यकालमा १०१ जनालाई जागिर खुवाएका थिए ।

पढ्नुहोस्, यो पनि :

वायुसेवा निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले आवश्यकता भएको ठाउँमा केही कर्मचारी राखिएको हुन सक्ने बताए । 

‘राख्नैपर्ने ठाउँमा र पुरानाले छोडेर खाली भएको अवस्थामा करारका कर्मचारी नियुक्त भएका हुन सक्छन्,’ घिमिरेले भने ।

पर्यटन मन्त्री सुदन किरातीका स्वकीय सचिव नगेन्द्रबहादुर भुजेलले सरसफाइका लागि केही कर्मचारी नियुक्त भएको स्वीकार गरे । 

उनले भने, ‘गाउँबाट आएका, खान बस्न समस्या भएका तथा छोराछोरी पढाउनै समस्या भएका ४/५ जनालाई विमानस्थलमा सरसफाइमा काम गर्ने गरी नियुक्त गरिएको छ,’ उनले भने, ‘कुचो लगाउन पठाएकालाई पनि के नियुक्त भएको भनेर भन्नु ? ठूला पदमा र प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने ठाउँमा कसैलाई पठाइएको छैन ।’

वायुसेवा निगमका एक कर्मचारी मन्त्रीको दबाबमा कार्यकारी अध्यक्ष युवराज अधिकारीले धमाधम नयाँ नियुक्ति दिइरहेको बताउँछन् । 

राजनीतिक नेतृत्वलाई खुशी पार्न कार्यकारी अध्यक्षले गर्ने यस्तो नियुक्तिको कर्मचारीले विरोध गर्दै आएको उनले बताए ।

हेर्नुहोस्, केही नियुक्ति पत्र :

null

null

null

salt training

कमेन्ट गर्नुहोस्