×

NMB BANK
NIC ASIA

आसेपासेलाई जागिर

वायुसेवा निगममा रोकिएन कार्यकर्ता भर्ती, दुई महिनामा १२ जनालाई नियुक्ति

जेठ १४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा आफन्त र कार्यकर्ता भर्तीले निरन्तरता पाएको छ ।

Muktinath Bank

सरकार वा मन्त्री परिवर्तनपछि कार्यकर्ता र आसेपासेलाई जागिर खुवाउन नयाँ नियुक्ति दिने गलत परम्पराबाट वर्तमान सरकार तथा मन्त्री पनि अछुतो नरहेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वायुसेवा निगममा प्रतिस्पर्धाबाट योग्य व्यक्ति छनोट गर्ने भन्दा आफन्त र कार्यकर्ता भर्ती गर्ने पुरानै बेथितिलाई अहिलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पनि निरन्तरता दिएका छन् ।


Advertisment
Nabil box
Kumari

वायुसेवा निगम सुधार गर्ने प्रतिबद्धतासहित गत माघ ३ मा पदभार सम्हालेका मन्त्री किरातीकै मन्त्रालय र मातहतका निकायमा आफन्त एवं आसेपासे भर्ती भइरहेको पाइएको छ ।

Vianet communication
Laxmi Bank

पछिल्लो २ महिनामा मात्र १२ जना भर्ती भएका छन् । निगमको केन्द्रीय कार्यालय र विमानस्थलमा नयाँ कर्मचारी भर्ती भइरहेका हुन् । 

निगम स्रोतले लोकान्तरलाई उपलब्ध गराएको एक सूचीअनुसार फागुन ३० मा १, चैत १३ मा १, चैत ३० मा ६, वैशाख ५ मा २, वैशाख १७ मा १, वैशाख २६ मा १ गरी १२ जना नियुक्त भएका छन् । 

मासिक २७ हजार रुपैयाँ पाउने गरी यी कर्मचारी करारमा नियुक्त भएका हुन् । नयाँ भर्ती हुनेमा सवारी चालकदेखि कार्यालय सहायकसम्म छन् । 

दुई जना भने 'एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनीयर' भर्ती गरिएको छ । ती दुईले पाउने पारिश्रमिक खुलाइएको छैन ।

हेर्नुहोस्, भर्ती गरिएकाहरूको सूची:

१. सोहनकुमार महर्जन, काठमाडौं, एयरक्राफ्ट इन्जिनीयर

२. ईश्वरी गिरि, गोरखा, एयरक्राफ्ट इन्जिनीयर

३. दुर्गानन्द मुखिया, सुनसरी, ड्राइभर

४. बबिना राई, भोजपुर, जुनियर असिस्टेन्ट

५. मञ्जु गौतम, काभ्रे, जुनियर असिस्टेन्ट

६. उर्मिला लामिछाने, कास्की, जुनियर असिस्टेन्ट

७. अशोक कुमार राई, खोटाङ, जुनियर असिस्टेन्ट

८. मालती राई, भोजपुर, जुनियर असिस्टेन्ट

९. प्रतिक्षा इटनी, धादिङ, जुनियर असिस्टेन्ट

१०. स्वस्तिका आचार्य, झापा, जुनियर असिस्टेन्ट

११. नरेन्द्र रसाइली, बझाङ, जुनियर असिस्टेन्ट

१२. विमला कठायत, कैलाली, जुनियर असिस्टेन्ट

यसरी कार्यकर्ता भर्ती गर्नेमा तत्कालीन पर्यटन मन्त्री प्रेम आले अझै अगाडि थिए । उनले आफ्नो कार्यकालमा १०१ जनालाई जागिर खुवाएका थिए ।

पढ्नुहोस्, यो पनि :

वायुसेवा निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले आवश्यकता भएको ठाउँमा केही कर्मचारी राखिएको हुन सक्ने बताए । 

‘राख्नैपर्ने ठाउँमा र पुरानाले छोडेर खाली भएको अवस्थामा करारका कर्मचारी नियुक्त भएका हुन सक्छन्,’ घिमिरेले भने ।

पर्यटन मन्त्री सुदन किरातीका स्वकीय सचिव नगेन्द्रबहादुर भुजेलले सरसफाइका लागि केही कर्मचारी नियुक्त भएको स्वीकार गरे । 

उनले भने, ‘गाउँबाट आएका, खान बस्न समस्या भएका तथा छोराछोरी पढाउनै समस्या भएका ४/५ जनालाई विमानस्थलमा सरसफाइमा काम गर्ने गरी नियुक्त गरिएको छ,’ उनले भने, ‘कुचो लगाउन पठाएकालाई पनि के नियुक्त भएको भनेर भन्नु ? ठूला पदमा र प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने ठाउँमा कसैलाई पठाइएको छैन ।’

वायुसेवा निगमका एक कर्मचारी मन्त्रीको दबाबमा कार्यकारी अध्यक्ष युवराज अधिकारीले धमाधम नयाँ नियुक्ति दिइरहेको बताउँछन् । 

राजनीतिक नेतृत्वलाई खुशी पार्न कार्यकारी अध्यक्षले गर्ने यस्तो नियुक्तिको कर्मचारीले विरोध गर्दै आएको उनले बताए ।

हेर्नुहोस्, केही नियुक्ति पत्र :

null

null

null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x