×

NMB BANK
NIC ASIA

लोकान्तर समाचार प्रभाव

पाटा एड्भेञ्चर मार्ट कर तिर्न तयार, राजस्व कार्यालयमा निवेदन दर्ता

जेठ १४, २०८०

NTC
Premier Steels

पाटा एनुअल समिट तथा एड्भेन्चर मार्ट कर तिर्न तयार भएको छ । ८ जेठमा ‘पर्यटन बोर्डको खर्चमा पाटाको सम्मेलन, कानूनविपरीत डलर असुली, कर छलीको प्रयास !’ शीर्षकमा लोकान्तरमा समाचार सार्वजनिक भएपछि पाटा कर तिर्न तयार भएको हो ।

Muktinath Bank

नेपाल पर्यटन बोर्डको सहकार्यमा १६ देखि १९ जेठसम्म पोखरामा पाटा एनुअल समिट तथा एड्भेन्चर मार्टको आयोजना हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुनै पनि मेला, महोत्सव तथा मार्टले आन्तरिक राजस्व कार्यालयमा दर्ता भएर अस्थायी भ्याट नम्बर लिनुपर्ने कानूनी प्रावधान छ । सोही प्रावधान अनुसार ट्राभल व्यवसायीको अन्तर्राष्ट्रिय छाता संस्था प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले बोर्डसँगको सहकार्यमा नेपालमा गर्ने पाटा मार्ट दर्ताका लागि निवेदन दिएको छ ।


Advertisment
Nabil box
Kumari

नेपालमा शुल्क उठाएर गरिने कुनै पनि मेला महोत्सवका लागि मूल्य अभिवृद्धि कर ऐन, २०५२ ले आन्तरिक राजस्व कार्यालयबाट अनिवार्य अस्थायी दर्ता अनुमति लिनुपर्ने व्यवस्था छ । यो व्यवस्था बमोजिम बोर्डले पाटा एड्भेञ्चर ट्राभल मार्ट गर्न लागेको हो ।

Vianet communication

मूल्य अभिवृद्धि कर ऐनको दफा १० (क) अनुसार अस्थायीरूपमा हुने प्रदर्शनी, मेला तथा यस्तै कारोवार गर्न मूल्य अभिवृद्धि करमा अनिवार्य रूपमा दर्ता हुनुपर्ने व्यवस्था छ । सो व्यवस्थालाई पालना नगरेका कारण पाटाको मार्ट विवादमा आएको थियो । कर कार्यालयमा दर्ता भएका करदाताले मेला महोत्सव सकिएको एक साताभित्र कारोवारको विवरण पेश गरेर लाग्ने सम्पूर्ण करसमेत दाखिला गरी अस्थायी दर्ता खारेज गर्नुपर्ने कानूनी व्यवस्था छ ।
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत रशेम शर्माका अनुसार पाटाले आइतवार अस्थायी भ्याटको लागि निवेदन दिएको छ । अब सोमवार उसको निवेदन हेरिने र आवश्यक प्रक्रिया पूरा  भए दर्ता हुने पनि शर्माले जानकारी दिए ।

अस्थायी भ्याट दर्ता गरेर पाटाले  आम्दानी अनुसार कर तिर्न तयार भएको छ । पाटा अन्तर्राष्ट्रिय संस्था भएकोले यसले पैसा नतिरे नेपाल पर्यटन बोर्डलाई जिम्मेवार बनाएर अस्थायी भ्याट दर्ता गराइने आन्तरिक राजस्व कार्यालय पोखराले जानकारी दिएको छ ।

यसको अर्थ पाटाले भ्याट नतिरेको अवस्थामा बोर्डले तिर्नुपर्ने गरी भ्याट दर्ताको प्रमाणपत्र दिइने पनि आन्तरिक राजस्व कार्यालय पोखराले बताएको छ ।

अब पाटाले भ्याट नतिरे पनि पर्यटन बोर्डबाट असुल गर्ने गरी भ्याट दर्ता गरेर पत्र दिइने पनि शर्माले जानकारी दिए । 

आन्तरिक राजस्व कार्यालय पोखराका अनुसार पाटाका सचिव सुमन पाण्डेमार्फत निवेदन आएको छ ।

‘पाटा अमेरिकामा दर्ता भएको संस्था रहेछ । विदेशी संस्थाले नेपालमा कार्यक्रम गर्दा सहकार्य गर्ने संस्था पर्यटन बोर्ड भएकोले उसैलाई जिम्मेवार बनाएको हो । बोर्डमार्फत नै दर्ता प्रक्रियामा आउन पनि आन्तरिक राजस्वले सुझाव दिएको थियो’ अधिकृत शर्माले भने, ‘बोर्डले पनि आइतवार पाटा मार्टको दर्ता गर्ने विषयमा पाण्डेमार्फत निवेदन दिन लगाएको छ । अब यो संस्था दर्ता भएपछि उठेको आम्दानीको १५ प्रतिशत टीडीएस काटेर पाटाले पाउने हुन्छ । पाटाले नेपालमा गरेको आम्दानीको कर तिरेर जान्छ । यही कर तिर्नको लागि पाटा इन्टनरेनल एडभेञ्चर मार्ट नेपालमा दर्ता हुनुपरेको हो ।’

अब सोमवार औपचारिक प्रक्रिया पूरा गरेर अस्थायी भ्याटको पत्र पाउने भएको उनको भनाइ छ ।

यस अघि ९ जेठमा आन्तरिक राजस्व कार्यालय पोखराले नेपाल पर्यटन बोर्डमाथि छानबिनका लागि आवश्यक कागजातमसेत माग गरेको थियो । 

राजस्व कार्यालयमा पाटा एड्भेञ्चर मार्टसम्बन्धी उजुरी परेको र सोही आधारमा आवश्यक छानबिनका लागि विभागले पर्यटन बोर्डलाई पत्र लेखेरै आवश्यक कागजात मागेको थियो ।

विभागका अनुसार नेपाल पर्यटन बोर्डसहितको संलग्तामा मंगलवारदेखि पोखरामा हुने अन्तर्राष्ट्रिय एड्भेञ्चर मार्टसम्बन्धी आधिकारिक कागजात माग गरेको थियो । कागजातको प्रमाणित प्रतिलिपि, उक्त कार्यक्रमको योजना, छनोट, स्वीकृति, कार्य प्रक्रिया, दर्ता प्रक्रिया, आय आर्जन गर्ने स्रोतसम्बन्धी जानकारी समेतको आधिकारिकता कार्यालयले माग गरेको हो ।

पर्यटन बोर्डसँग विभागले पाटा अन्तर्राष्ट्रिय र नेपाल पर्यटन बोर्डको भूमिकासम्बन्धी जानकारी र मार्टमा सहभागीसँग लिने शुल्क, आय हुने निकाय र खर्च गर्ने निकायसहितको विवरण माग गरेको थियो ।

कार्यालय प्रमुख शर्माका अनुसार बोर्डले उक्त पत्रको कुनै जवाफ आइतवारसाँझसम्म दिएको छैन । अब सोमवार अस्थायी भ्याट दर्ता हुने र सोही अनुसारको कागजातको जानकारी पनि आउने उनको अपेक्षा छ ।

यही मार्टका लागि पर्यटन बोर्डले डेढ करोड रूपैयाँ खर्च गर्दै छ । यो कार्यक्रमको आयोजक भने पाटा हो । पाटाको कार्यक्रम भए पनि बोर्डले नेपालमा विदेशी पर्यटक आकर्षित हुने र पर्यटन प्रवर्द्धन पनि गर्न सकिने भन्दै खर्च गर्न लागेको हो ।

आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले कानून अनुसार सम्बन्धित ठाउँमै दर्ता हुने व्यवस्था रहेको बताए ।

सो व्यवस्था विपरीत विभागले कुनै पनि आम्दानी गर्ने गरी मार्ट गर्न नपाउने जानकारी बोर्डलाई गराएको थियो ।

सोही अनुसार कार्यक्रम आयोजकलाई अनिवार्य रूपमा दर्ता गराउन र करयोग्य आम्दानी भए कर तिर्न निर्देशन दिइएको प्याकुरेलले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x