
एयर इन्डियाको विमानमा चालक दलका सदस्यमाथि दुर्व्यवहारको घटना फेरि बाहिर आएको छ ।
यात्राका क्रममा एक यात्रुले चालक दलका सदस्यलाई कुटपिट गर्नुका साथै गाली पनि दिए ।
एयर इन्डियाका प्रवक्ताले यसको आधिकारिक जानकारी दिएका छन् । उनले यो घटना मे २९ तारिखका दिन भएको बताए ।
'हामीले सम्पूर्ण घटनाबारे डीजीसीए (नागरिक उड्डयन निर्देशनालय)लाई गुनासो गरेका छौं,' एयर इन्डियाका प्रवक्ताले भनेका छन् ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, 'मे २९ मा उडान नम्बर एआई ८८२ गोवाबाट नयाँ दिल्ली आउँदै थियो । त्यसमा सवार यात्रुले अचानक चालक दलका सदस्यमाथि दुर्व्यवहार गर्न थाले । उनलाई रोक्ने प्रयास गर्दा झगडा गर्न थाले । दिल्ली एयरपोर्टमा अवतरण गरेपछि पनि यात्रुले नराम्रो व्यवहार गरिरहेका थिए । त्यसपछि उनलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो ।'
यद्यपि एयर इन्डियाले आफ्नो विज्ञप्तिमा विवाद के कारणले भएको हो भन्ने कुरा खुलाएको छैन।
घटनाबारे प्रहरीमा जाहेरी समेत नदिइएको दैनिकभाष्करमा खबर छ ।