२० असार २०८३, शनिबार

‘नीरफूल’मा केमियो भूमिकामा छिन् रेखा थापा

जेठ २१, २०८०
काठमाडौं
‘नीरफूल’मा केमियो भूमिकामा छिन् रेखा थापा

आउँदो शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म हो, ‘नीरफूल’ । 

यो फिल्ममा अभिनेता दयाहाङ राई शीर्ष भूमिकामा छन् । फूलमान बलको लेखन एवं निर्देशन रहेको फिल्ममा दयाहाङसँगै बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योंकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा लगायतको अभिनय छ । कोरोना महामारी अगाडि निर्माण सकिएको फिल्म ढिलो गरि प्रदर्शनमा आउन लागेको हो । 

यो फिल्ममा अभिनेत्री रेखा थापा केमियो भूमिकामा छिन् । उनी फिचर्ड यस फिल्मको ‘तिमी बदनामी बदनामी...’ बोलको गीत ३ वर्षअघि नै सार्वजनिक भइसकेको छ । 

रेखाले गतवर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्यारीकी प्यारी’मा पनि केमियो भूमिका निर्वाह गरेकी थिइन् । उनको शीर्ष भूमिका रहेको फिल्म प्रदर्शनमा नआएको भने धेरै भइसकेको छ । 

उनी रेखा फिल्मसको ब्यानरमा नयाँ फिल्म निर्माणको तयारीमा छिन् । 

ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्ममा अभिनेत्री पूजा शर्मा अनुबन्धित भइसकेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्