×

NMB BANK
NIC ASIA

नेपाल ग्रामीण चलचित्र महोत्सव : ‘झिंगेदाउ’, ‘प्रकाश’सहित १७ फिल्म देखाइने

छनोट भएका फिल्मका सदस्यलाई प्रमाणपत्र वितरण

काठमाडाैं | जेठ २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवारदेखि काभ्रेको भकुण्डेबेसीमा हुने दोस्रो सँस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’का लागि १७ वटा फिल्म छनोट भएका छन् । 

Muktinath Bank

३ दर्जन बढी फिल्ममध्येबाट १७ वटा फिल्मलाई छनोट गरिएको आयोजक सेलिब्रेटी नेपाल प्रतिष्ठानका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार ग्रामीण परिवेशमा बनेका फिल्महरू महोत्सवका लागि छनोट भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार काठमाडौंमा आयोजित ‘प्रि–इभेन्ट’ कार्यक्रममा महोत्सवमा छनोट भएका फिल्मबारे जानकारी दिनुका साथै ति फिल्मका सदस्यलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । साथै, आयोजकले जुरी टिमलाई समेत चिनाएको छ । नेपाल चलचित्र निर्देशक समाजकी निवर्तमान अध्यक्ष रक्षा सिंह राणा, अभिनेता सुवास गजुरेल र सम्पादक भरत रेग्मी जुरी टिममा छन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

शुक्रवार र शनिवार हुने महोत्सवमा गतवर्षको हिट फिल्म ‘झिंगेदाउ’देखि ‘प्रकाश’सम्म प्रदर्शन गरिनेछ । त्यस्तै, फिल्महरू ‘डेसान’, ‘ल्हुई’, ‘निरमाया’, ‘चरित्र’, ‘आफ्नै कर्म’, ‘मेरी हजुरआमा’, ‘साईत’, ‘सेती दिदी’, ‘कहानी एकादेशको’, ‘परिवर्तन’, ‘दुर्गामाण्डु’, ‘ऐना’, ‘हुक्का’ महोत्सवमा प्रदर्शन गरिनेछ । साउनमा प्रदर्शनमा आउने तयारीमा रहेको लिम्बु संस्कृतिमा बनेको फिल्म ‘लुङा’को भने महोत्सवमा प्रिमियर हुनेछ । 

नेपाल चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष एवं नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, नेपाल चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरी लगायतले महोत्सवको सफलताको शुभकामना दिँदै छनोट भएका फिल्मको प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरूले यस प्रकारका महोत्सवले समग्र नेपाली फिल्मको विकासमा भूमिका खेल्ने धारणा राखेका थिए । 

महोत्सवमा लेखक एवं निर्देशक दीपेन्द्र लामा, अभिनेत्री दीया पुन र अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहालको ‘मास्टर क्लास’ समेत त्यहाँ हुँदैछ । 

त्यस्तै, अभिनेता बुद्धि तामाङ र मुकुन भुसालले ‘ग्रामीण विद्यार्थीको नजरमा चलचित्र’ विषयमा विद्यार्थीहरूसँग भलाकुसारी गर्नेछन् । 

महोत्सवमा सोही क्षेत्रमा जन्मिएर फिल्म क्षेत्रमा सक्रिय ३ जना कलाकारहरूलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ । 

उत्कृष्ट फिल्मलाई अवार्डसहित पुरस्कार वितरण गर्दै शनिवार बेलुका महोत्सव समापन गरिनेछ । चलचित्र विकास बोर्डसँगको सहकार्यमा हुन लागेको महोत्सवमा दुई दर्जन बढी फिल्मकर्मीहरू सहभागी हुनेछन् । 

महोत्सवको पहिलो सँस्करण गत वर्षको वैशाखमा गोरखाको लाप्राकमा गरिएको थियो । हल नभएका ग्रामीण क्षेत्रका दर्शकलाई लक्षित गर्दै यो महोत्सवको सुरुवात गरिएको हो । 

तस्वीर सौजन्य : आर्यन बिमली

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x