१७ असार २०८३, बुधबार

‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा

जेठ २६, २०८०
काठमाडौं
‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत शुक्रवारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । 

फूलमान वल निर्देशित ‘नीरफूल’ र सरोज पौडेल निर्देशित ‘वेल कम टु हेम्जाकोट’ देशभरका हलमा एकसाथ प्रदर्शनमा आएका हुन् । 

विनाशकारी भूकम्पले टुटेको परिवारको कथा वाचन गर्ने ‘नीरफूल’मा दयाहाङ राई, शान्ति वाइवा, राजन खतिवडा, बुद्धि तामाङ, जिग्मे छोकी घिसिङ, पुस्कर गुरुङलगायत कलाकारको अभिनय छ । अभिनेत्री रेखा थापा फिल्ममा केमियो भूमिकामा छिन् । 

समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर निर्माण गरिएको ‘वेल कम टु हेम्जाकोट’मा बुद्धि तामाङ, विनोद न्यौपाने, सन्दिप सिग्देल, अम्बिका तामाङ लगायतको अभिनय छ । 

salt training

कमेन्ट गर्नुहोस्