असोज ७, २०८०
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार बिहान यात्रुबाहक रेल र मालबाहक रेल एकआपसमा ठोक्किँदा २९ जना घाइते भएको सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले जनाएको छ । प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्य...
काठमाडाैं | जेठ २६, २०८०
चीनले आफ्नो उत्तरपश्चिमी राज्य सिनजियाङमा रहेको ताक्लामाकान मरुभूमिमा ११ किलोमिटर (११ हजार १०० मिटर) भन्दा बढी गहिरो खाडल खन्न शुरू गरेको छ । यो योजनाको काम गत साताबाट शुरू भएको हो ।
चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो गहिरो खाडल पृथ्वीको सबैभन्दा पुरानो क्रेटासियस कालीन तहसम्म पुग्नेछ। क्रेटासियसलाई १४५ देखि ६६ मिलियन वर्ष पुरानो भौगोलिक अवधि मानिन्छ।
यो योजना ४५७ दिनमा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस अवधिमा त्यहाँ कार्यरत श्रमिक तथा भूगर्भविद्हरू दिनरात 'हेभी मशिनरी'का साथ काममा व्यस्त रहनेछन् ।
यो योजनालाई चीनको सबैभन्दा ठूलो उत्खनन् योजना मानिएको छ । यसअघि चीनको सबैभन्दा गहिरो 'ड्रिल' १० किलोमिटर बराबर थियो ।
चीनले बनाउँदै गरेको यो खाडल मानिसले बनाएको सबैभन्दा गहिरो खाडल भने हुने छैन ।
यसअघि सन् १९८९ मा १२ हजार २६२ मिटर अर्थात् १२ किलोमिटरभन्दा बढी गहिराइसम्म 'ड्रिल' गरेर रुसले कीर्तिमान बनाएको थियो ।
चीनबाट यो ठूलो योजनाको घोषणा यस्तो समयमा भयो छ, जुन समयमा चीनले विश्वको प्राविधिक र वैज्ञानिक शक्तिका रूपमा आफ्नो स्थिति बलियो बनाउन महत्त्वपूर्ण कदम चालिरहेको छ ।
चाखलाग्दो कुरा के छ भने जुन दिन यो नयाँ योजनामा काम शुरू भएको थियो, त्यही दिन चीनले आफ्ना तीनजना अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष कक्षमा रहेको स्टेसनमा पठाएको थियो।
अन्तरिक्ष स्टेसनमा अन्तरिक्ष यात्रीहरू पठाउने यो कदम चीनको ठूलो अन्तरिक्ष परियोजनाको एक हिस्सा हो, जसअन्तर्गत उसले २०३० अघि चन्द्रमामा पाइला राख्ने प्रयास गरिरहेको छ ।
यस्तो परिस्थितिमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ (८ हजार ८ सय ४८ दशमलव ८६ मिटर) भन्दा पनि गहिरो खाडल चीनले किन खन्दैछ ?
करीब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले देशको वैज्ञानिक समुदायलाई पृथ्वीको गहिराइमा रहेका स्रोतहरूको खोजीमा अगाडि बढ्न आग्रह गरेका थिए।
सीले निर्देशन दिएको करीब दुई वर्षपछि अहिले महत्त्वाकांक्षी परियोजनामा काम शुरू भएको छ ।
चीनमा तेल र ग्यास अन्वेषणमा काम गर्ने देशको सबैभन्दा ठूलो कम्पनी चाइना नेसनल पेट्रोलियम कर्पोरेसनका प्रतिनिधि लिउ सियाङ्गले दुईवटा उद्देश्यले यो परियोजना अगाडि बढाइएको बताएका छन्- पहिलो पेट्रोलियम पदार्थ उत्खनन् र दोस्रो वैज्ञानिक अन्वेषण ।
ताक्लामाकान मरुभूमिको गर्भमा ठूलो परिमाणमा ग्यास तथा पेट्रोलियम पदार्थ रहेको अनुमान छ ।
यस्तो गहिरो खाडललाई कायम राख्नु पनि ठूलो चुनौती भएको प्राध्यापक क्रिस्टियन फारियास बताउँछन् ।
सोभियत रुसले विगतमा १२ किलोमिटरको गहिराइ नाघ्न सफल भए पनि पृथ्वीको भित्री तहमा पुग्न निकै कठिनाइ झेलेको थियो । सोभियत संघको पतनसँगै सो परियोजना नै विफल हुन पुगेको थियो ।
चाइनिज एकेडेमी अफ इन्जिनियरिङका वैज्ञानिक सन जिनले सिन्ह्वालाई भने, 'यो ड्रिलिंग परियोजना दुई पातलो स्टिलको तारमा ठूलो ट्रक चलाउनु जस्तै हो ।'
उनको भनाइले पनि प्रस्ट पार्छ कि यो निकै कठिन योजना हुनेछ ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार बिहान यात्रुबाहक रेल र मालबाहक रेल एकआपसमा ठोक्किँदा २९ जना घाइते भएको सरकारी उद्धार संस्था रेस्क्यु ११२२ ले जनाएको छ । प्रान्तीय राजधानी लाहोरस्थित रेस्क्यु ११२२ मुख्य...
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल (२०२३–०२५) का लागि कतारबाट प्रविन गुरुङले आफ्ना एजेण्डा सहित उपमहासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन । एनआरएनए अभियानमा लामो समयदेखि लागेका गुर...
बेल्जियमवासी नेपालीहरूले विभिन्न कार्यक्रममा सहभागी हुन युरोप पुगेका नायक राजेश हमालसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् । सोमबार (सेप्टेम्बर २५) बेल्जियमको हेरेन्तस्थित एक होटलको सभाहलमा उपस्थित नेपालीहरू...
नागोर्नो–काराबाख पेन्सनर स्वेतलाना इसाखान्यान हरियो चप्पल लगाएर र पासपोर्टसहितको एउटा सानो झोला मात्र हातमा बोकेर शरणार्थीका रूपमा आर्मेनियामा प्रवेश गरेकी छन् । अजरबैजानले यसै हप्ता पृथकतावादी क्षेत्रव...
एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीन जना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति नदिएपछि भारतका खेलकुदमन्त्रीले चीन भ्रमण रद्द गरेका छन् । उसु खेलमा प्रतिस्पर्धा गर्न चयन भएका अरुणाचल प्रदेश...
चीनका राष्ट्रपति सी चिनफिङले खेलकुदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न आह्वान गरेका छन् । चीनको हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहअघि शनिबार आयोजित स्वागत समारोहमा चिनियाँ र...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...