×

NMB BANK
NIC ASIA

चलचित्र विकास बोर्डले दाङमा नृत्य प्रतियोगिता गर्ने

काठमाडाैं | जेठ २७, २०८०

NTC
Premier Steels

चलचित्र विकास बोर्डको आयोजनामा दाङमा यही जेठ ३० गते चलचित्र नृत्य प्रतियोगिता हुने भएको छ । घोराहीमा हुन लागेको प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सवको सन्दर्भ पारेर नृत्य प्रतियोगिता गर्न लागिएको बोर्डका प्रवक्ता एवं महोत्सव संयोजक केएल बुढाथोकीले जानकारी दिए।

Muktinath Bank

चलचित्र नृत्य प्रतियोगितामा विद्यालय तहका १८ वर्षका बालबालिका तथा किशोरकिशोरीले भाग लिन सक्नेछन् । चलचित्रका राष्ट्रिय भावका वा शिष्ट गीतमा ८–१२ जना सहभागी भएको र छात्रछात्राको सङ्ख्या बराबरी रहेको सामूहिक नृत्यलाई मात्र प्रतियोगितामा सहभागी गराउन सकिनेछ ।
 
 प्रतियोगिताका लागि दाङ जिल्लास्थित २० विद्यालयले सहभागी जनाउने प्रतियोगिता संयोजक आदिम केसीले बताए । असार १ गतेदेखि ३ गतेसम्म हुने महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सङ्गीतकार चेतन सापकोटा, नायिका झरना थापा, गायिका सत्यकला राई, नायक सबिन श्रेष्ठ लगायतका कलाकार दाङ आउने भएका छन् । बोर्डका प्रवक्ता एवं महोत्सवका संयोजक बुढाथोकीका अनुसार बोड अध्यक्ष एवं नायक केसीले ‘बालबालिकासँग भुवन केसी’ कार्यक्रममार्फत आफ्नो सिने यात्रा र नेपाली चलचित्रबारे अन्तरक्रिया गर्नेछन् ।
 
 बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो कथा भन्ने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमाझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिकाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रथम बाल चलचित्र महोत्सव आयोजना गरिएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 महोत्सवमा चलचित्र प्रदर्शन, चलचित्र ज्ञानसम्बन्धी हाजिरी जवाफ, चलचित्र गीतमा नृत्य प्रतियोगिता, अभिनय प्रतियोगिता, ‘बालबालिकासँग भुवन केसी’, पुस्तक  तथा फोटो प्रदर्शनी तथा अन्तरर्किया कार्यक्रम आयोजना गरिने बोर्ड सदस्य एवं प्रवक्ता बुढाथोकीले जानकारी दिए । साथै महोत्सवमा स्थानीय समुदायका लोक नृत्य, झाँकी तथा सांस्कृतिक प्रस्तुतिसमेत रहनेछ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x