२७ असार २०८३, शनिबार

पशुपतिनाथका साँढे तस्करी हुने गरेको खुलासा

जेठ २८, २०८०
काठमाडौं
पशुपतिनाथका साँढे तस्करी हुने गरेको खुलासा

पशुपतिनाथ मन्दिरमा छाडिएका नन्दी (साँढे) तस्करीको विषयमा गोरखापत्रमा खबर छापिएको छ। एक साताको अन्तरालमा दुई वटा नन्दी चोरी गर्दै गरेको अवस्थामा फेलापरेपछि पशुपतिनाथका साँढे पनि तस्करले लैजाने गरेको खुलेको हो।

जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फर्म सञ्चालन गर्ने यादव बोहोरालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार सोही दिन अभियुक्त बोहोरालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागि म्याद थप गरी अनुसन्धान अधि बढाइएको छ ।

प्रहरीले अभियुक्त बोहोरासँगै बा१३च १४०१ नम्बरको पिकअप भ्यान बरामद गरेको छ। साथै गाडीमा राखिएको एउटा नन्दी उद्धार गरिएको प्रहरीको भनाइ छ। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बौद्धबाट अर्को एउटा नन्दीको पनि उद्धार गरिएको बताए। 

salt training

कमेन्ट गर्नुहोस्