३० जेठ २०८३, शनिबार

४५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

जेठ ३१, २०८०
काठमाडौं
४५ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीका ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयअनुसार प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जनालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सुशोभित गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा बुधवार आयोजित एक समारोहबीच उनीहरूलाई महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका थिए । 

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ४६ जना गरी कुल ५० जनामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका हुन् । 

पदोन्नति भएका ५ जना प्रहरी नायव उपरीक्षकहरू हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहेका प्रहरीले जनाएको छ ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र उर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी बहन गर्ने विश्वास लिएको बताए ।

पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उनले निर्देशन दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्