चैत ६, २०८०
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
काठमाडाैं | असार १, २०८०
काठमाडौँ महानगरपालिकाको पटकपटकको ताकेतापछि पछिल्लो समय निजी विद्यालयले छात्रवृत्ति दिएको विवरण पेश गर्न थालेका छन् ।
कामपाले एक साताअघि मात्रै सबै विद्यालयलाई नियमानुसार छात्रवृत्ति दिन र दिएको विवरण लिएर आउन निर्देशन दिएको थियो । निर्देशन दिएको केही दिनसम्म पनि निजी विद्यालयले विवरण लिएर नआएपछि कामपाले विवरण उपलब्ध नगराउने विद्यालयको नामनै सार्वजनिक गरी विद्यालय बन्द गर्ने चेतावनी समेत दिएको थियो ।
“नामनै सार्वजनिक गरेपछि भने छात्रवृत्ति उपलब्ध गराएको विवरण लिएर विद्यालय आएका छन्”, कामपा शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले भने । उनका अनुसार चार सय ५७ विद्यालयले अहिले विवरण लिएर आएका छन् भने बाँकी अन्यले पनि तत्काल ल्याउने जानकारी गराएका छन् ।
नियमअनुसार प्रत्येक विद्यालयले जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने हुन्छ । यसरी विद्यालयले दिएको विवरणमाथि कामपालाई आशङ्का लागे कामपाले थप अनुगमन गर्ने पनि जनाएको छ । पटक पटकको आग्रहकै कारण अहिले ९० प्रतिशत विद्यालयमा छात्रवृत्ति वितरण गरिसकेको कामपाको बुझाइ छ ।
कामपा शिक्षा विभाग प्रमुख कोइरालाले चालु शैक्षिक सत्रको गत जेठ २८ गतेभित्र १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको विवरण पेस नगरे विद्यालयको सम्बन्धन खारेज गर्ने र विद्यालयमा ताला लगाउने चेतावनी दिएका थिए । कामपा विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं कामपाको शिक्षा ऐन, २०७५ को दफा ५० को व्यवस्थाअनुरूप छात्रवृत्ति वितरणको विवरण पेस गर्नुपर्ने हुन्छ ।
भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था हुँदाहुँदै महानगरमा सञ्चालित झण्डै ७० प्रतिशत विद्यालयले विवरण पेस नगरेपछि कामपाले सार्वजनिक सूचनानै जारी गरेर कडाइ गर्नुपरेको हो । चालु शैक्षिक सत्र २०८० का लागि छात्रवृत्ति उपलब्ध नगराउनेमा अधिकांश महँगा विद्यालय रहेका थिए ।
कामपाको सूचीमा पाठशाला, साइपाल एकेडेमी, मेरिडियन, प्राञ्जली वल्र्ड स्कूल, अल्कापुरी, आलोक विद्याश्रम, नेपाल प्रहरी विद्यालय, आदर्श विद्या सदन, मञ्जुश्री, हिमालयन ह्वाइट हाउस, बेबिलोन र काठमाडौँ प्रज्ञा कुञ्ज समावेश थिए ।
त्यसैगरी ग्रिनवीच, विद्या सदन, बागमती, लिट्टिल बुद्ध, काठमाडौँ गुरुकूल, क्याम्पियन, ब्रिटिस गोरखा, संस्कार, राइजिङ, दिव्य ज्ञान, जिलेट, गिताञ्जली, संस्कार, कमलनेत्र छुनामुना, ग्रामर, समता, निष्ट, काष्ठमण्डप, किस्ट, प्यारागन पब्लिक, काठमाडौँ मोडेल स्कुललगायतका विद्यालयले कामपाले जारी गरेको सार्वजनिक सूचनापछि छात्रवृत्ति उपलब्ध गराएको विवरण लिएर आएका हुन् ।
कामपाले गत वैशाख २४ गते परिपत्र गरी जेठ १५ गतेभित्र छात्रवृत्ति विवरण कामपालाई दिइसक्नुपर्ने सूचना गरेको थियो । कामपामा रहेका विद्यालयले विवरण पेस नगरेमा कामपा शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा सो ऐन वा अन्य प्रचलित कानूनबमोजिम हदैसम्मको कारबाही गर्न सकिने व्यवस्था रहेको छ ।
कामपाले आगामी शैक्षिक सत्रबाट कूल विद्यार्थीको पाँच प्रतिशत सम्बन्धित विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र बाँकी ५ प्रतिशत छात्रवृत्ति बराबरको रकम कामपा शिक्षा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ । कोइरालाका अनुसार छात्रवृत्ति दिँदा अब हरेक विद्यालयलाई कोटा निर्धारण गरिनेछ । त्यसका लागि विद्यार्थीसँग आवेदन आह्वान गरिनेछ । कामपाले नै प्रवेश परीक्षा सञ्चालन गरी सिफारिस गरेका विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था लागू गर्ने तयारी गरेको छ ।
सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...
‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...
पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ । गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...