२९ जेठ २०८३, शुक्रबार
विश्वकप क्रिकेट यात्रा

नेपाल विश्वकपबाट बाहिरिनुका चार कारण

असार ९, २०८०
काठमाडौं
नेपाल विश्वकपबाट बाहिरिनुका चार कारण

नेपाल आइसीसी क्रिकेट विश्वकप छनोटको लिग चरणबाटै बाहिरिएको छ ।

पछिल्ला खेलको स्तर र जितको लय हेर्दा नेपाल कम्तीमा सुपर सिक्समा पुग्ने अधिकांश क्रिकेट प्रेमीको अपेक्षा थियो । तर स्पष्ट नतिजा नआउँदासम्म ‘सम्मान जनक हार’ भनेरै चित्त बुझाउनु पर्ने अवस्था छ ।

जारी प्रतियोगितामा पहिलो खेल आयोजक जिम्बावेसँग थियो । टेस्ट राष्ट्रविरुद्ध नेपालले जुन रुपमा प्रर्दशन गर्‍यो, त्यो निकै प्रशंसनीय देखिन्छ । नेपालले विनादबाब खेलेको उक्त खेलमा जिम्बाब्वेलाई २९० रनको लक्ष्य दिएको थियो । जुन नेपालका तर्फबाट उच्च योगफल हो । 

दोस्रो खेलमा नेपाललाई अमेरिकाले दिएको २०७ रनको लक्ष्य सहजै पूरा गर्‍यो । विपक्षीअनुसारको यो खेल सन्तुलित देखिन्थ्यो ।

तेस्रो खेलमा नेपाललाई अर्को टेस्ट राष्ट्र वेस्ट इन्डिजले १०१ रनले पराजित गर्‍यो । ३४० रनको लक्ष्य पच्छ्याउने क्रममा नेपाल २३८ रनमै अलआउट भयो । यो खेलमा आरिफ शेखको ६३ रन र बलिङमा ललित राजवंशीको ३ विकेट सम्झन योग्य प्रदर्शन हो । टेस्ट राष्ट्रविरुद्धको यो प्रदर्शन प्रशंसा योग्य मानिएको छ । 

null

चौथो खेलमा नेपाल नेदरल्याण्डसँग ‘गर या मर’ को अवस्थामा थियो । टस हारेर ब्याटिङको निम्तो पाउनु नै नेपालका लागि अर्को दुर्भाग्य भयो । अमेरिकापछिको अर्को एसोशियट राष्ट्र नेदरल्याण्डलाई पराजित गरेर सुपर सिक्समा पुग्ने धेरै क्रिकेट प्रेमीको अनुमान थियो ।

तर खेलमा नेपाल पराजित भयो । लिगमा दुई अंक जोडेको नेपाललाई सुपर सिक्समा पुग्ने पर्याप्त अंक भएन । योसँगै विश्वकपको आगामी यात्रामा तत्कालका लागि ब्रेक लागेको छ ।

नेपालविरुद्ध पाँच शतक

नेदरल्याण्डका म्याक्स ओडोवडलाई नेपालका बलर गुल्सन झाले ९० रन बनाउँदा विकेट नलिएको भए आज पनि नेपालले शतक खाने थियो । र प्रतियोगिताका चार वटै खेलमा विपक्षीबाट शतक प्रहार भएको नयाँ रेकर्ड बन्ने थियो । यसअघिका तीन खेलमा नेपाललाई पाँच विपक्षी खेलाडीले शतक प्रहार गरिसकेका छन् । पहिलो जिम्बाब्वेका दुई खेलाडीले शतक प्रहार गरे । जिम्बाब्वेको कप्तान क्राइज इर्भिनले १२८ बलमा १२१ रन प्रहार गरे । सोही खेलमा वेस्लीमा धेभेरेलले ७० बल मै १०२ रन जोडे ।

अमेरिकासँगको खेलमा नेपाल हाबी भयो । तर पनि अमेरिकाका ब्याट्म्यान सायन जाहिङगरले ७९ बल खेल्दै १०० रन प्रहार गरे ।

त्यस्तै तेस्रो खेलमा पनि वेस्ट इन्जिडका दुई ब्याट्समेनले नेपाललाई शतक प्रहार गरे । नेपालविरुद्ध जोनसन चार्लेसले १२९ बलमा १३२ रन प्रहार गरे । त्यस्तै निकोलस पुरनले पनि नेपाललाई शतक हाने । उनले ९४ बलमा ११५ रन प्रहार गरेका हुन् ।

ब्याटिङ​मा चुक्यो नेपाल

नेपालका लागि भने कुशल भुर्तेलले जिब्बाब्वेसँग ९९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन् भन्दा फरक पर्दैन । उनले नेपालका प्रतियोगिता भर कुल १७० रन बनाए । त्यस्तै आसिफ शेखले प्रतियोगिता भर १०४ रन जोडे । अमेरिकाविरुद्ध जित दर्ता गर्दा भीम सार्कीले ७७ रन जोडे । कप्तान रोहित पौडेलको ब्याट पनि चलेको देखिएन । उनले ४ खेलमा १११ रनमात्रै जोडे । बरु तीव्र गतिका बलरद्वय सन्दीप र करण चै ब्याटिङमा हात खुलाएर खेले ।

null

चलेनन् सन्दीप

​नेपालको खेलमा सन्दीप लामिछाने अर्को पर्याय हो । तर जारी प्रतियोगितामा सन्दीप बल चल्न सकेन । उनी शुरुका दुई खेलमा विकेटविहीन भए । पछिल्ला दुई खेलमा भने तीन विकेट लिए । वेस्ट इन्डिजविरुद्ध १ विकेट लिएका उनले नेदरल्याण्डविरुद्ध २ विकेट लिए । यता प्रतियोगितामा करण केसी र ललित राजवंशीले आफ्नो फर्मलाई यथावत राखेका छन् ।

‘मिस फिल्ड’को सिकार

​नेपालले यो प्रतियोगितामा मिस फिल्डको शिकार धेरै हुनुपर्यो । वेस्ट इन्डिजविरुद्ध हातैमा आएको दुई वटा बल समात्न विकेट किपर आसिफ शेख असक्षम देखिए ।​ नेदरल्याण्डविरुद्ध कुशल भुर्तेलले क्याच छुटाए । जसका कारण विपक्षीले धेरै रन बटुल्लन सफल भयो ।

जे होस्, प्रतियोगिता नेपालका लागि धेरै कोणबाट बहुउपयोगी भने बनेको छ ।

पहिलो कुरा नेपाल टेस्ट राष्ट्रसँग खेल्न पाएको छ । सिक्ने मौका पाएको छ । यो अवसर आगामी एसिया कपका लागि उपयोगी हुनसक्छ । किनभने त्यस बेला नेपालले क्रिकेटका महारथी भारत र पाकिस्तानसँग लिग चरणमा भेट्दै छ । यसबीचमा बलिया टोलीसँग प्रतिस्पर्धा गर्दै खेलाडीहरूलाई तम्तयार बनाउनु क्यानको दायित्व हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्