
नेपाली फिल्म ‘परस्त्री’ आज (बिहीवार)बाट प्रदर्शनमा आएको छ ।
शिल्पा मास्केको शीर्ष भूमिका रहेको फिल्म निर्धारित मितिभन्दा एक दिन अगावै देशभरका हलमा रिलिज भएको हो ।
हिन्दी फिल्म बिहीबार रिलिज हुने भएपछि ‘परस्त्री’ पनि बिहीवारबाटै प्रदर्शनमा आएको हो । सुरज पाण्डेको डेब्यू निर्देशन रहेको यस फिल्ममा शिल्पासँगै कोसिस क्षेत्री र गौरव विष्ट मुख्य भूमिकामा छन् ।
शर्मिला पाण्डे निर्माता रहेको यस फिल्मलाई दीपेन्द्र के. खनालले लेखेका हुन् ।
फिल्मले विवाहेत्तर सम्बन्धले निम्त्याउने समस्याको कथा वाचन गर्छ । अभिनेत्री शिल्पाले दिएको वेड सिनका कारण पनि यो फिल्म चर्चामा छ । ‘परस्त्री’ हिन्दी भाषामा भारतमा पनि प्रदर्शनमा आउँदैछ । भारतमा भने फिल्म भोलि (शुक्रवार) रिलिज हुँदैछ ।
वैशाख १ गते आएको ‘जारी’पछि सुस्ताएको नेपाली फिल्मको बजारलाई यस फिल्मले चलायमान बनाउने अपेक्षा फिल्मकर्मीको छ ।
बिहीवारबाट बलिउड फिल्म ‘सत्यप्रेमकी कथा’ पनि प्रदर्शनमा आएको छ ।