०१ असार २०८३, सोमबार

निजी विद्यालयको छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा महानगरले सञ्चालन गर्छ : बालेन

असार १७, २०८०
काठमाडौं
निजी विद्यालयको छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा महानगरले सञ्चालन गर्छ : बालेन
फाइल फोटो

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निजी विद्यालयले वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा महानगर आफैले सञ्चालन गर्ने बताएका छन् ।

आइतवार सामाजिक सञ्जालमार्फत उनले काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौं महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा महानगरले सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

‘शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौं महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहनदार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबलगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ’ उनले लेखेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्