२६ असार २०८३, शुक्रबार

परराष्ट्रमन्त्रीले गरे ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

असार १, २०८३
काठमाडौं
परराष्ट्रमन्त्रीले गरे ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन

चीनको चार दिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गरेका छन् ।

आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गरेका त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

अवलोकनका क्रममा उनले दुई देशबीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिए ।

उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुगेका हुन् ।

मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्