×

NMB BANK
NIC ASIA

विमानस्थलबाट सुन तस्करी

कतारदेखि नेपालसम्म तस्करको जालो- चार वर्षमा २ अर्ब बढीको सुन तस्करी

काठमाडाैं | असार २५, २०८०

NTC
Premier Steels

सुन तस्करीमा संलग्न १२ जनालाई प्रहरीले पक्राउगरी सार्वजनिक गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनीहरूलाई प्रहरीले सोमवार सार्वजनिक गरेको हो । 

Muktinath Bank

पक्राउ पर्नेमा सप्तरी बलान-विहुल गाउँपालिका–२ चनहीपथराहका २८ वर्षीय विनोदकुमार साह र उनकी श्रीमती २५ वर्षीया सन्जुकुमारी साह छन् । साह दम्पत्तिले सिनामंगलमा होटलको नाममा कतारबाट आएको सुन रिसिभ गर्ने गरेको प्रहरीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

यसैगरी, धनुषा मिथिला बिहारी नगरपालिका–५ ललियाका २५ वर्षीय सुनिलकमार महरा, सिराह नगरपालिका–१७ पटेरवाका २४ वर्षीय दिनेशकुमार यादव, कपिलवस्तु सुद्धोधन गाउपालिका–६ का २३ वर्षीय सन्तुगुलाम मुराउ, धनुषाधाम नगरपालिका– ९०० विघाका ३४ वर्षीय नेशर पंजियार, बाँके राप्ती सोनारी गाउँपालिका–४ का ३६ वर्षीय भुमबहादुर वली कतारबाट नेपालमा सुन ल्याउने मुख्य व्यक्ति भएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Vianet communication

यस्तै, बलानबिहुल गाउँपालिका–३ का २२ वर्षीय दुर्गाप्रसाद यादव, सप्तरी बोदे बसाईन नगरापलिका–१ का २८ वर्षीय देवानन्द साह, लहान नगरपालिका–४ कुमाहाल टोलका शिवसुन्दर राउनत, सिराह धनगढी नगरपालिका–३ हनुमाननगरका २३ वर्षीय मोहनकुमार यादव र सर्लाही फरहदवाका ५६ वर्षीय निमाई साहलाई प्रहरीले पक्राउ गरेको छ । 

कतारबाट ल्याएको सुन पैसाको व्यवस्थापन गर्ने काम शिवसुन्दर राउतले गर्ने गरेको एसएसपी मनोज केसीले बताए । ‘कतारबाट नेपालसम्म पाउँदा ४ वटा लेयर हुन्छ । त्यसमध्येको अन्तिम लेयरको मुख्य व्यक्ति शिवसुन्दर हो । ऊ नेपालमा अन्तिम व्यक्ति हो । उसले सुन किन्ने, पैसा कतारमा व्यवस्थापन गर्ने गरेको देखिन्छ,’ एसएसपी केसीले भने । 

एसएसपी केसीका अनुसार शिवसुन्दरले कतारमा भएको नेपाली श्रमिकको मासिक तलब लिने, अनि त्यो पैसा नेपालमा आफन्तलाई दिने गरेका थिए । त्यो पैसा उनले सुन किन्न प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार मोहनकुमारले उनको सहयोगीमा भूमिका खेल्ने गरेका थिए । उनीहरूको साथबाट केही सुन र नगदसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । 

null

कतारको दोहामा बस्ने गिरोहले नेपाली कामदार घर फर्कने बेलामा सम्पर्कगरी प्रतिव्यक्ति ५० ग्रामका दरले सुन दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरूले दैनिक १५–२० जनालाई ५०/५० ग्रामको दरले सुन पठाउने गरेका थिए । 

एसएसपी केसीका अनुसार कतारमा रहेका तस्करले एकै खालको सुनको सिक्री पठाउने गरेको देखिएको छ । नेपालमा रहेका एजेन्टहरूले इमो, ह्वाट्सएपलगायत सञ्चार माध्यमबाट सुन ल्याउने व्यक्तिको पहिचान गर्ने गरेका थिए । 

सुन ल्याउनेलाई १० हजार कमिसन, कतारका एजेण्टलाई १०० रियाल 
कतारमा रहेका सुन पठाउने एजेण्टले नेपालमा सुन ल्याइदिए वापत् प्रतिव्यक्ति १० हजार नेपाली रुपैयाँ पाउने गरेका थिए । त्यति मात्र नभएर नेपालमा होटलमा बस्ने व्यवस्था र घरसम्म पुग्ने पैसाको व्यवस्थापन पनि दलालले गर्दै आएको प्रहरीले जनाएको छ । ‘सुन बोकेर आउनेले प्रतिव्यक्ति १० हजार पाउने रहेछन् भने त्यहाँका एजेण्टले पनि १ सय रियाल पाउने गरेको तथ्य खुलेको छ,’ अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले भने ।

चार वर्षमा साढे २ अर्बको कारोबार
यो गिरोहले चार वर्षमा २ अर्ब ३७ करोड रुपैयाँ बढीको सुन तस्करी गरेको देखिएको प्रहरीले जनाएको छ । 

एसएसपी मनोज केसीका अनुसार शिवसुन्दर राउतले सन् २०१९ देखि अहिलेसम्म २ अर्ब ३७ करोड, ८२ लाख, ३६ हजार ५४९  बराबरको सुन तस्कर गरेको प्रमाणहरू भेटिएको बताए । ‘सन् २०१९ देखि करिब साढे २ अर्ब रुपैयाँको सुन तस्करी गरेको प्रमाणहरू हामीले फेला पारेका छौं,’ एसएसपी केसीले भने । 

शिवसुन्दरका नाममा रहेको रितेश जनरल स्टोरकाबाट १ अर्ब ८१ करोड, ५७ लाख १८ हजार ८७ हजार रुपैयाँ कारोबार भएको छ ।

यस्तै शिव सुन्दर राउत स्वयमको खातामा १२ करोड ११ लाख ४२ हजार ४०८ रुपैयाँ, विनोदकुमार साह ४१ करोड ५४ लाख ७६ हजार ८६९ रुपैयाँ, मोहन कुमार साहका नामबाट ४८ लाख ७० हजार ६८७ रुपैयाँ र सन्जुकुमारी साहका नामबाट २ करोड १० लाख २७ हजार ४९७ रुपैयाँ करोबार भएको देखिएको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x