०६ असार २०८३, शनिबार

दीपकराज भन्छन् – फेसबुके गाली र प्रशंसामाथि विश्वास छैन

असार २६, २०८०
काठमाडौं
दीपकराज भन्छन् – फेसबुके गाली र प्रशंसामाथि विश्वास छैन

अभिनेता दीपकराज गिरीले आफूलाई फेसबुकमा आउने गाली र प्रशंसामाथि विश्वास नभएको बताएका छन् । 

मंगलवार बिहान उनले फेसबुकमा लेखेका छन्, ‘हिजो तिमीलाई भगवान बनाएको पनि देखियो । आज हेर्दा हेर्दै राक्षस भयौ साथी ! त्यसैले विश्वास छैन मलाई यो फेसबुके गाली र प्रशंसामाथि !’ 

दीपकराजले यो स्टाटस अभिनेता पल शाहको सन्दर्भ र प्रसंगमा लेखेको सहजै अनुमान गर्न सकिन्छ । पल पछिल्लो समय एक अन्तर्वार्तालाई लिएर आलोचित बनिरहेका छन् । 

कमेन्ट गर्नुहोस्