२९ असार २०८३, सोमबार

सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रमा श्रमिक समेटिँदै

असार २७, २०८०
काठमाडौं
सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रमा श्रमिक समेटिँदै

सरकारले  ढिलै  भए  पनि  योगदानमा  आधारित सामाजिक सुरक्षा कोषमा अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई पनि समेट्ने भएको छ । कोषले बुुधबारदेखि अनौपचारिक तथा  स्वरोजगार  क्षेत्रका  श्रमिकलाई  समेट्न  तयारी गरेको हो । उक्त  कार्यव्रmमको  सुुरुवात  प्रधानमन्त्री  पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुुधबार गरेपछि शुुभारम्भ हुुने जनाइएको छ । 

कोषका सहप्रवक्ता रोहित रेग्मीले कार्यविधि अनुसार गत वैशाख १ देखि नै सुुरु गर्नुुपर्ने भए पनि प्रधानमन्त्रीको समय नमिलेकाले ढिला भएको जानकारी दिए । अनौपचारिक र स्वरोजगार क्षेत्रमा सबैतिर एकै पटक गर्न नसकिने भएकाले केही पालिकासँग सम्झौता (एमओयुु) गरेर कोषमा आबद्ध गराउन थालिने जानकारी दिए । 
अनौपचारिक   क्षेत्रका   श्रमिक   र   स्वरोजगारमा  रहेका  व्यक्तिको  सामाजिक  सुरक्षा  सञ्चालन  कार्यविधि  २०७९  गएको  माघमै सार्वजनिक गरिएको थियो । सो कार्यविधि तत्कालीन  श्रम,  रोजगार  तथा  सामाजिक  सुरक्षामन्त्री  शेरबहादुर  कुँवरले  सार्वजनिक  गरेका हुन् । 
स्वीकृत कार्यविधि अनुसार अनौपचारिक क्षेत्रका श्रमिकहरूले सरकारले तोकेको आधारभूत  पारिश्रमिकको  २०.३७  प्रतिशत  रकम  अर्थात् एक हजार ९१२ रुपियाँ कोषमा योगदान गर्नुपर्ने छ । जसमध्ये ११ प्रतिशत रकम श्रमिक आफैँले जम्मा गर्नुपर्ने छ भने बाँकी ९.३७ प्रतिशत सरकारले जम्मा गरिदिने व्यवस्था कार्यविधिमा छ । तर केन्द्र, प्रदेश तथा स्थानीय सरकारले उक्त रकम जम्मा नगरिदिने अवस्थामा योगदानकर्ता आफैँले जम्मा गर्नुपर्ने उल्लेख छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्