×

NMB BANK
NIC ASIA

किरात समुदायले आज सिसेक्पा तङ्नाम मनाउँदै

ताप्लेजुङ | साउन १, २०८०

NTC
Premier Steels

किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् ।

Muktinath Bank

साउने संक्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जंगलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) संकलन गरी ल्याउने गर्दछ । 


Advertisment
Nabil box
Kumari

दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्ने गरेको किरात याक्थुङ चुम्लुङ शाखा ताप्लेजुङका अध्यक्ष इन्दिरा मेन्याङबोले बताए । मेन्याङबोका अनुसार सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मीठो–मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन् ।

Vianet communication

प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवायुवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराबतत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने गर्दछ ।

किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘संक्रान्ति जाऊ, मंक्रान्ति आऊ; अनिकाल जाऊ, सहकाल आऊ’ भन्ने आदि भावमा अनिकाल वा दुःख–पीडालाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । 

उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक–सांस्कृतिक विकृति–विसङ्गति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भाव पनि प्रकट गर्दै संक्रान्तिसँगै खेदाउन घरमूलीले आग्रह गरेका हुन्छन् अर्थात् अब त नयाँ अन्नबाली र फलफूल पाके । यसकारण अब हामी कम्तीमा ६ महिना माघे संक्रान्तिसम्म बाँच्ने भयौं भनेर रमाउने गरेको किरात धर्मका जनकारको भनाइ छ । 

आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी/जनजाति पूर्वका किरात लिम्बू, राई तराईका थारु र पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङनामको रुपमा मनाउँदै आएको किरात साहित्य उथान संघका अध्यक्ष ज्ञानु फुरम्बो (चरपे)ले बताए । किरातीले सिसेक्पा तङनाम (साउने संक्रान्ति) र कक्फेक्वा तङनाम (माघे संक्रान्ति) लाई महान् पर्वको रूपमा मनाउने फुरुम्बुले बताए ।

उनले भने, ‘सिसेक्पा तङनाममा हिउँद लाग्यो, अब बाँचिन्छ र राम्रो हुन्छ, भनी मनाउने गरेको छ भने माघे संक्राान्तिलाई वर्षा लाग्यो अब मरिन्छ कि बाँचिन्छ भनी मनाउने गर्दछन् ।’ कक्पेक्वा तङनाम मरिन्छ कि भनेर मनाउने हो भने सिसेक्पा तङनाम लौ बाँचियो भनेर मनाउने गरेको फुरुम्बोले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

बैशाख ९, २०८१

बेनी– म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ ...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x