२८ जेठ २०८३, बिहीबार

ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदै

साउन २, २०८०
काठमाडौं
ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज पनि सुनुवाइ हुँदै

ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमवार बहस हुँदाहुँदै समय सकिएपछि आज मंगलवार पनि सुनुवाइ हुने भएको हो ।

प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।

सर्वोच्च अदालतले विवादसम्बन्धी ६ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्