मंसिर ९, २०८०
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
गायक प्रकाश सपूतले शुक्रवार बेलुका आफ्नो नयाँ सिर्जना ‘दमाई महाराज’ युट्युबबाट सार्वजनिक गरे । युट्युबमा तीज गीतहरू सार्वजनिक भइरहेको समयमा उनले आफ्ना हिट सिर्जना ‘बोलमाया’ र ‘गलबन्दी’को दोस्रो भागका रुपमा यो गीत सार्वजनिक गरेका थिए । जुन गीतले यतिबेला युट्युबमा लोभलाग्दो भ्युज पाइरहेको छ । सार्वजनिक भएको केही घण्टामै युट्युबमा ट्रेन्डिङको पहिलो नम्बरमा उक्लिएको गीतले आइतवार दिउँसोसम्म २४ लाख प्लस भ्युज पाइसकेको छ ।
उसो त यस गीत सार्वजनिक हुनुअघि पनि युट्युबको पहिलो नम्बरमा उनकै गीतले कब्जा जमाएको थियो । उनको अभिनय रहेको तीज गीत ‘कमाउनेनी हो, रमाउनेनी हो’लाई पछि पार्दै उनको अफिसियल सिर्जना शीर्ष स्थानमा पुगेको हो ।
प्रकाशकै शब्द एवं संगीत रहेको ‘दमाई महाराज’मा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ ।
प्रकाशकै लगानी, कथा एवं निर्देशनमा भिडियो तयार भएको छ । भिडियोमा उनीसँगै अञ्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी लगायतको अभिनय छ ।
हुन त प्रकाशले आफ्नो युट्युबबाट सार्वजनिक गर्ने अफिसियल गीतहरूले लोभलाग्दो चर्चा, भ्युज दुवै पाउँदै आएका छन् । यसअघिका उनका सिर्जनाहरू पनि ट्रेन्डिङको शीर्ष स्थानमा पुग्ने गरेका थिए । तीन महिना अगाडिमात्रै ‘सकम्बरी’बोलको गीतले पनि निकै चर्चा कमाएको थियो ।
चर्चाको श्रृङखलाको निरन्तरता यसपटक उनले ‘दमाई महाराज’बाट पनि पाएका छन् । प्रकाशका हरेक सिर्जनाहरू चल्नुका पछाडि केही कारणहरू छन् ।
उनका हरेक गीत गीतमात्र नभएर कथानक भिडियो हुन् । उनले आफ्ना हरेक सिर्जनालाई कथानक शैलीमा पेस गर्दै आएका छन् । प्रकाशको अर्को मुख्य विशेषता चाहिँ उनले आफ्ना सिर्जनामा फरक–फरक सामाजिक मुद्धा उठान गर्दै आएका छन् । यसपटक ‘दमाई महाराज’मा पनि त्यसलाई निरन्तरता दिँदै जातीय छुवाछूत र विभेदविरुद्धको मुद्धा उठाएका छन् । धार्मिक सप्ताहको परिवेशमा बुनिएको कथालाई भजन शैलीमा मीठो भाका हालेर पेस गरेका छन्, जसले जातीय विभेदविरुद्ध सन्देश दिन्छ ।
प्रकाशका गीत चल्नुको कारण कथानक मात्र नभएर भिडियो मेकिङमा गर्ने मेहनतलाई पनि लिन सकिन्छ । उनले भिडियोका लागि कुनै ‘कम्परमाइज’ गर्ने गरेका छैनन् । यसपटक पनि भिडियोको मेकिङमा राम्रो मेहनत परेको र खर्च पनि राम्रो भएको सजिलै अनुमान गर्न सकिन्छ ।
प्रकाशका पछिल्ला गीत चल्नुको मुख्य कारण भने उनले अघिल्ला गीतबाट बसालेको जगलाई मान्न सकिन्छ । अघिल्ला सिर्जनाबाट स्रोता÷दर्शकको विश्वास जितेका कारण पनि उनका अफिसियल गीतहरूलाई स्रोता–दर्शकहरूले प्रतिक्षा गर्ने गरेका छन् ।
‘दमाई महाराज’को सन्दर्भमा यो गीत चल्नुको केही कारणमध्ये एउटा कारण ‘भाग २’ का रुपमा आउनु पनि रहेको संगीतकर्मीहरू बताउँछन् ।
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् । अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...