२९ असार २०८३, सोमबार

ललिता निवास प्रकरणमा अधिकांशको बयान सकियो

साउन ८, २०८०
काठमाडौं
ललिता निवास प्रकरणमा अधिकांशको बयान सकियो

बालुवाटारस्थित  ललिता  निवासको  सरकारी  जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)  ले  थप  एक  जनालाई  पव्रmाउ  गरेको  छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेको ब्युरोले जनाएको छ ।

 श्रेष्ठले उक्त सरकारी जग्गामा मोही प्रमाणित गराई व्यक्तिका नाममा नामसारी गर्न भूमिका निर्वाह गरेको  ब्युरोले  जनाएको  छ  ।  सिआइबीका  प्रहरी  वरिष्ठ उपरीक्षक दिनेश आचार्यले श्रेष्ठसँगै ललिता निवास प्रकरणमा जोडिएका हालसम्म १९ जना पक्राउ परेको जानकारी दिए । उनले यस प्रकरणमा थप व्यक्तिको समेत मिलेमतो देखिएकाले उनीहरूमाथि ब्युरोले  अनुसन्धानसँगै  निगरानी  पनि  बढाएको  बताए । उनले  पक्राउ  परेका  आरोपितमध्ये  अधिकांशको बयान तथा सोधपुछ सकिएको समेत जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्