×

NMB BANK
NIC ASIA

फिल्मको प्रचार गर्न विद्यार्थीमाझ पुगे केकी र सलोन

काठमाडाैं | साउन ८, २०८०

NTC
Premier Steels

अभिनेता सलोन बस्नेत यतिबेला आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’को प्रचारमा निकै व्यस्त छन् । केही दिनमा फिल्म रिलिजको लागि अस्ट्रेलिया उड्न लागेका उनी विभिन्न मिडियालाई अन्तर्वार्ता दिने लगायत विभिन्न कार्यक्रममा सहभागी भएर फिल्मको प्रचार गरिरहेका छन् । 

Muktinath Bank

यसैबीच आइतवार सलोन अभिनेत्री केकी अधिकारी र फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतलाई लिएर प्रज्ञा भवन पुगेका थिए । त्यहाँ एपेक्स कलेजले एक दिने भव्य कार्यक्रमको आयोजना गरेको थियो । कलेजले हरेक वर्ष गर्ने एक दिने सांस्कृतिक कार्यक्रममा फिल्मको टिम पुगेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेता सलोन त्यहाँ पुगेर विद्यार्थीसँग अन्तरक्रिया गर्नुका साथै आफूले आजसम्म अभिनय गरेका फिल्मका संवाद बोलेर दर्शकलाई मनोरञ्जन गराएका थिए । उनले विद्यार्थीमाझ गीतसमेत गाएका थिए । यस्तै, अभिनेत्री केकी अधिकारीले पनि फिल्मको बारेमा जानकारी दिँदै आगामी भाद्र ८ गते रिलिज हुने ‘जय हो’ हेरिदिन आग्रह गरेकी थिइन् । 


Advertisment
Nabil box
Kumari

शोभित बस्नेतको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । फिल्ममा सलोन र केकीका साथमा अर्पण थापा, निशा अधिकारी, माओत्से गुरुङ लगायतको पनि अभिनय छ । 

Vianet communication

फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह–सम्पादन, समीर मियाको भिएफएक्स रहेको छ । मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बास्कोटा र सागर आले मगरको संगीत छ । 

कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको फिल्मका निर्माता राज के. अधिकारी र सुरज सरकार हुन् । सलोन–सलिना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मलाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x