२८ जेठ २०८३, बिहीबार

कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाइ हुने

साउन ९, २०८०
काठमाडौं
कोशी प्रदेश सरकार गठन विरुद्धको रिट हेर्दाहेर्दैमा, भोलि पनि सुनुवाइ हुने

कोशी प्रदेश सरकार गठन असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ सर्वाेच्च अदालतको पूर्ण इजलासमा आज मंगलवारदेखि शुरू भएको छ ।
     
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलवार सुनुवाइ हुँदाहुँदै समय नपुगेपछि बुधवारका लागि हेर्दाहेर्दैमा राखिएको छ । 

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमवार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियोे । 

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपनाप्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न र लिखित जवाफ पेश गर्न आदेश गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्