×

NMB BANK
NIC ASIA

स्वस्तिमा भन्छिन् – डान्सिङ नम्बरका गीत मेरो लागि जहिल्यै स्पेशल

काठमाडाैं | साउन १२, २०८०

NTC
Premier Steels

अभिनेत्री स्वस्तिमा खड्काको अभिनय करिअरमा गीतले ठूलो भूमिका खेलेका छन् । फिल्म ‘२ रुपैंयाँ’मा समावेश उनको नृत्य रहेको गीत ‘कुटुमा कुटु’ले युट्युबमा सर्वाधिक भ्युज पाएको छ । 

Muktinath Bank

त्यस्तै, उनको नृत्य रहेको गीत ‘साली मनपर्यो’ले युट्युबमा ११ करोड बढी भ्युज पाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करोड क्लबमा पुगेका उनको नृत्य रहेका गीतहरूको संख्या धेरै छ । त्यसैले पनि अभिनेत्री स्वस्तिमा गीतको महत्व आफ्नो करिअरमा ठूलो रहेको बताउँछिन् । त्यसमा पनि डान्सिङ नम्बरका गीतहरूले आफ्नो करिअरमा ठूलो प्रभाव पारेको उनको धारणा छ ।​ 


Advertisment
Nabil box
Kumari

बिहीवार उनी अभिनीत फिल्म ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ सार्वजनिक कार्यक्रममा पनि स्वस्तिमाले डान्सिङ नम्बरका गीतहरू आफ्नो लागि जहिल्यै विशेष हुने धारणा राखिन् । 

Vianet communication

‘मेरो करिअरमा गीतहरू एकदमै माइलस्टोन बनेको छ । त्यसमा पनि डान्सिङ नम्बरका गीतहरू मेरो लागि जहिले पनि स्पेशल हुन्छ’ उनले भनिन् ‘र, यो गीत (काले केटाले) पनि मेरो लागि स्पेशल थियो । किनकी यो डान्सिङ नम्बरको थियो ।’

आशिष अविरल र अस्मिता अधिकारीको स्वर रहेको ‘काले केटाले’मा एलेक्स विश्वकर्माका साथमा फिल्मका शीर्ष कलाकारहरू स्वस्तिमा, वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला लगायतको अभिनय छ । अभिनेत्री स्वस्तिमाले एलेक्स विश्वकर्माको नृत्यको खुलेर प्रशंसा गरिन् । 

उनले ‘ऐंचो पैंचो’मा सुशील, वर्षा र मुकुनसँग काम गर्न पाउँदा एकदमै खुशी लागेको समेत बताइन् । 

स्वस्तिमाको पहिलो फिल्म ‘होस्टेल रिटन्र्स’मा सुशील को–एक्टर थिए, उक्त फिल्म सुपरहिट भएको थियो । त्यसपछि वर्षा राउतसँग काम गरेको फिल्म ‘छक्का पञ्जा २’ पनि सुपरहिट भएको थियो । त्यसपछि अभिनेता मुकुनसँग खेलेको फिल्म ‘बुलबुल’ले स्वस्तिमालाई थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड दिलाएको थियो । ‘यो फिल्ममा तिनै जनासँग जोडिएर काम गर्न पाउँदा राम्रो हुन्छ होला भन्ने अपेक्षा छ’ स्वस्तिमाले भनिन् ‘राम्रोसँग काम भएको छ । ट्रेलर हेर्नका लागि पनि उत्साहित छु ।’ 

कृषा चौलागाईंको निर्देशनमा तयार ‘ऐंचो पैंचो’ भदौ १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x