×

NMB BANK
NIC ASIA

मानव तस्करीको जालो

भिजिट भिसामा मानव तस्करीः पीडितले प्रहरीलाई थर्काउँछन्– तैंले जागिर दिन्छस् ?

काठमाडाैं | साउन १४, २०८०

NTC
पृष्ठभूमिमा विमानस्थलको सांकेतिक तस्वीर
Premier Steels

मानव बेचबिखन ब्यूरोले साउन ६ गते २ जनालाई पक्राउ गरेर सार्वजनिक गर्‍यो । कालिकोटको तिलागुफा नगरपालिका– ८ का २५ वर्षीय पदम नेपाली र नुवाकोटको ककनी गाउँपालिका– ७ का ३८ वर्षीय श्यामकुमार तामाङलाई काठमाडौंबाट भिजिट भिसा र बिजनेस भिसामा थाइल्यान्ड लगेर त्यहाँबाट लाओस पुर्‍याई बेचबिखन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको थियो ।

Muktinath Bank

ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जीवनराम श्रेष्ठका अनुसार उनीहरूले २०७९ साल मंसिर ६ गते काठमाडौंबाट भारतको कलकत्ता, त्यहाँबाट भिजिट भिसामा थाइल्यान्ड र त्यसपछि लाओसको बोया प्रोभिन्समा रहेको गोल्डेन ट्रयाङ्लस्थित आर्थिक क्षेत्रमा पुर्‍याएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूले त्यहाँ धेरै पैसा कमाइ हुने प्रलोभनमा पारेर पुर्‍याएको पीडितले प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन् । पीडितहरूलाई त्यहाँ बन्दक बनाएर अनलाइन स्क्यामिङ र ट्रयापिङ गर्दै क्रिप्टो करेन्सीमार्फत लगानी गर्न लगाउने गरेको पाइएको छ ।


Advertisment
Nabil box
Kumari

एसएसपी श्रेष्ठका अनुसार पीडितहरूलाई ठग्नका लागि टारगेट दिने, त्यो गर्न नसकेको खण्डमा स्क्यामिङ चलाउने चिनियाँहरूले कुटपिट गर्ने, खान नदिनेलगायतका यातना दिएको अनुसन्धानमा खुल्न आएको छ ।

Vianet communication

चिनियाँ मानव तस्करहरूले थाइल्यान्ड, भितनाम, म्यानमार, लाओसमा रहेका चिनियाँ कम्पनीमा काम लगाउने भन्दै नेपाली लैजाने गरेको ब्यूरोले जनाएको छ । 

‘लाओसमा राम्रो कमाइ हुने भन्दै प्रतिव्यक्ति ७ लाख रुपैयाँ लिएर लगेको देखिएको छ । त्यहाँ यातना दिएर नेपालबाट फिरौती समेत माग्न लगाउने रहेछन्,’ एसएसपी श्रेष्ठले लोकान्तरसँग भने । 

त्यहाँबाट ५ महिनापछि छुटेर वैशाख १५ गते नेपाल फर्किएका पीडितहरूबाट उक्त तथ्य खुलेको थियो । 

अर्को, वैशाख ५ गते ब्यूरोले ओमानमा घरेलु कामदारका रूपमा काठमाडौंकी २६ वर्षीय रविना (नाम परिवर्तन)लाई ३५०० ओमानी रियलमा बिक्री गरेको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका– ६ का ४० वर्षीय शुकराज लिम्बू र सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– ६ घर भई ललितपुर महानरपालिका भैँसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङलाई पक्राउ गरेको थियो । 

उनीहरूले रविनालाई फ्री भिसा, फ्री टिकटमा ६० हजार रुपैयाँ कमाइ हुने भन्दै भिजिट भिसामा दुबई लगेको र त्यहाँबाट भिसा मिलाएर घरेलु कामदारका रूपमा ओमान पुर्‍याएका  थिए ।

नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदारका रूपमा लैजान प्रतिबन्ध लगाएको छ । 

रविनालाई किनेर ल्याएको भन्दै ओमानका मालिकले २२ घण्टासम्म लगातार काम लगाएका थिए । त्यतिमात्र नभएर पैसा र खाना पनि नदिएपछि उनी बेहोश भएकी थिइन् ।

फेरि सप्लाइ गर्ने कम्पनीमा फिर्ता पठाएपछि पीडित रविना आफन्तसँग सम्पर्क गरेर दूतावासको सहयोगमा नेपाल आएकी थिइन् । 

प्रहरीमा उनले दिएको उजुरीका अधारमा लिम्बू र तामाङ पक्राउ परेका थिए । माथिका २ वटा उदाहरण मात्र हुन् । 

भिजिट भिसामा विदेश काम गर्न जाने नेपालीहरूको संख्या बढ्दै गएको छ । पछिल्लो समय भिजिट भिसामा विदेश पुगेर बेचिने नेपालीहरूसँग संख्या बढ्दो छ ।

त्यसलाई लक्षित गरेर कडाइ गरेको अध्यागमन विभागले ३ दिनमा १५६ जनालाई फिर्ता गराएको थियो । 

प्रहरीको निकाय मानव बेचबिखन अनुसन्धान ब्यूरोले आर्थिक २०७९/८० मा मात्रै ४ हजार ७४७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गराएको ब्यूरोका प्रमुख श्रेष्ठले बताए ।

उनका अनुसार ब्यूरोले शंकास्पद लागेका व्यक्तिहरूलाई सोधपुछ गरेर सम्झाइबुझाइ फिर्ता गरेको छ । 

‘सरकारले खाडी मुलुकमा घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाएको छ । हामीले शंकास्पद लागेका व्यक्तिलाई सोधपुछ गर्दा समस्या देखिएकालाई सम्झाएर फिर्ता गराएका हौं,’ एसएसपी श्रेष्ठले लोकान्तरसँग भने, ‘नेपालबाट दाइ भेट्न, भाइ भेट्न भन्दै चप्पल लगाएर भिजिट भिसामा खाडी मुलुक जान लागेका महिलाहरूलाई फिर्ता गराएका छौं ।’

एनका अनुसार विमानस्थलमा भेटिएका कतिपयले खुलेआमा भिजिट भिसामा गएर त्यहाँ काम गर्ने बताउने गरेका छन् । सम्झाउँदा प्रहरीलाई उल्टै गाली गर्ने गरेका छन् ।

‘तैंले दिन्छस् हामीलाई रोजगारी ? काम गर्न जान लागेको हो, के गर्छाै ? भन्ने गरेका छन्,’ एसएसपी श्रेष्ठले लोकान्तरसँग भने ।

पछिल्लो समयमा दक्षिण अमेरिकी देशहरू र यूरोपका देशहरूमा तस्करले नेपालीहरूलाई पठाउने गरेको ब्यूरोको अनुसन्धानमा देखिएको छ । 

ब्यूरोका अनुसार मेक्सिको, माल्टा, लाओस, पोर्चुगललगायतका देशमा मानव बेचबिखनका दलालहरूले मोटो रकम लिएर पठाउने गरेका छन् । 

ब्यूरोले २०७८ साउनदेखि २०८० साउनसम्म ५६ जना पीडितहरूको उजुरीका आधारमा ५४ जना महिला र ११९ जना पुरुष गरी १७३ जना अभियुक्तहरूलाई मुद्दा चलाइसकेको छ । 

नेपालमा कार्यालय नै खडा गरेर मानव तस्करी

अमेरिका पुर्‍याइदिने भन्दै एक जनाबाट ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा ब्यूरोले सोमवार पोखरा महानरपालिका– २७ घर भई हाल काठमाडौं महानरपालिका– ८ गुह्वेश्वरी बस्ने ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो । उनले ५ जना पीडितबाट २ करोड २६ लाख २३ हजार ८९० रुपैयाँ ठगी गरेको आरोप छ । 

उनी र उनको समूहले अमेरिका पुर्‍याउने भन्दै भारतको नयाँदिल्ली हुँदै मेक्सिको, केहीलाई श्रीलंका हुँदै मेक्सिको, केहीलाई थाइल्यान्ड हुँदै जाम्बिया पुर्‍याएको तथ्य खुलेको थियो ।

तामाङ र उनको समूहले मेक्सिकोको खतरनाक जंगल हुँदै अमेरिका पुर्‍याउने भन्दै विभिन्न दलाललाई नेपालीहरू बिक्री गर्ने उनीहरूले फिरौती रकम माग्ने गरेको तथ्य बाहिर आएको एसएसपी जीवनराम श्रेष्ठले बताए ।

‘नेपालबाट साढे ११ लाखदेखि ६० लाखसम्म लिने, त्यतिले पनि नपुगेर बाटोमा दलालले फिरौती माग्ने गरेको पीडितहरूको जाहेरीमा उल्लेख छ,’ एसएसपी श्रेष्ठले भने ।

त्यसका लागि तामाङलाई काठमाडौंको गुह्येश्वरीमा फ्ल्याट भाडामा लिएर राखेको देखिएको छ । तामाङ मानव तस्कर समूहका नेपालस्थित नाइके भएको प्रहरीको निष्कर्ष छ । यस धन्दामा मेक्सिको र अमेरिका स्थित एनआरएनएमा आबद्ध व्यक्ति तथा दुबईमा बस्ने केही नेपालीहरू संलग्न देखिएको उनले बताए ।

‘विदेशी पासपोर्ट भएका नेपालीहरूले तामाङलाई नेपालमा फ्ल्याट दिएको देखिएको छ । विशेष गरेर मानव तस्करीमा मेक्सिको, अमेरिका, दुबईमा बस्ने नेपालीहरूको संलग्नता देखिएको छ,’ एसएसपी श्रेष्ठले लोकान्तरसँग भने ।

प्रहरीले अहिले ती एनआरएनहरूलाई अनुसन्धानको दायरामा राखेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x