×

NMB BANK
NIC ASIA

शुक्रबार रिलिज हुँदै फिल्म ‘अदृश्य’, दर्शक तान्ने विश्वासमा निर्माण टिम

काठमाडाैं | साउन १६, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

आउँदो शुक्रबार अर्थात् साउन १९ गतेबाट नेपाली फिल्म ‘अदृश्य’ प्रदर्शनमा आउँदैछ । 

Muktinath Bank

प्रदर्शन मिति नजिकिरहँदा निर्माण टिमले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मबारे जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो क्रममा फिल्मका निर्माता तथा निर्देशक प्रल्हाद काफ्लेले ‘अदृश्य’ एउटा उत्कृष्ट  फिल्म बनेको दाबी गरे । कलाकारदेखि टेक्निकल टिमसम्मले कुनै पनि कम्प्रमाइज नगरी काम गरेकाले आफूले डेब्यु निर्देशकीय  फिल्म राम्रो बनाउन सकेको उनले बताए । 


Advertisment
Nabil box
Kumari

फिल्मको पहिले नाम ए राखिए पनि पछि कथा सुहाउँदो नाम ‘अदृश्य’ फिट हुने भएपछि परिवर्तन गरिएको काफ्लेले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

अभिनेता प्रमोद अग्रहरीले कोरोना महामारीकाबीच छायांकन गरिएको  फिल्मको सार्वजनिक पोस्टर, गीत र ट्रेलरले दर्शकमाझ राम्रो छाप छोडेकाले दर्शक हलसम्म पुग्ने विश्वास व्यक्त गरे । नेपालमा सस्पेन्स-थ्रीलर कथामा निकै कम फिल्म बन्ने भएकाले पनि यस्तो खालका फिल्म दर्शकको रोजाइमा पर्न सक्ने उनले बताए । आफ्नो लुक्सले पनि दर्शकलाई लोभ्याएको बुझाई उनको छ । 

फिल्मका अर्का मुख्य कलाकार प्रविन खतिवडाले पनि फिल्म राम्रो बनेकाले दर्शकले रुचाउन सक्ने बताए । प्रमोद अग्रहरी, रिस्ता बस्नेत, रवि गिरी जस्ता अग्रज कलाकारसँग काम गर्न रमाइलो भएको र केही नयाँ कुरा सिक्न पाएको भन्दै शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म सबैले हेरेर सहयोग गरिदिन आग्रह गरे । 

फिल्मकी मुख्य अभिनेत्री रिस्ता बस्नेतले फिल्म हेर्न हलमा राम्रो सङ्ख्यामा दर्शक पुग्ने अपेक्षा व्यक्त गरिन् । उनले यो फिल्मबाट धेरै कुरा सिक्ने अवसर समेत मिलेको बताइन् । पिताम्बर फिल्मसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा सोहित मानन्धर, छुल्ठिम गुरुङ, रवि गिरी, सिएम भारद्वाज सुवेदी, विकेश प्रजापति, गीत विष्ट लगायतको समेत अभिनय छ । 

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाईं र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलीप पन्त हुन् । 

फिल्ममा मीना बस्नेत र उमारुद्रा काफ्लेको लगानी छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह–निर्माता हुन् । ‘अदृश्य’लाई आरआर फिल्मसले वितरण गर्दैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x