
‘खिच फोटो खिच’बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।
यो गीतमा गायक बसन्त थापा र गायिका समीक्षा अधिकारीको युगल स्वर छ ।
शब्द एवं संगीत रमेश परियारको रहेको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका हुन् ।
भिडियोमा स्मारिका–समारिका ढकाल, सुमन परियार र सुरेश कोहिलको नृत्य एवं अभिनय छ ।
रमाइलो खालको यो गीतको भिडियोलाई जेरी भण्डारीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् । राजेश घिमिरेको छायांकन रहेको भिडियोमा सुजन कोइरालाको सम्पादन छ ।
‘निरोज भट्ट’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।