×

NMB BANK
NIC ASIA

माओवादी बैठकको ५ मिनेटको दृश्य

प्रचण्डको आलोचनाबाट शुरू, प्रशंसाबाट अन्त्य

काठमाडाैं | साउन २०, २०८०

NTC
Premier Steels

माओवादी केन्द्रीय कमिटी बैठकको पहिलो दुई दिन अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’को आलोचनाको पारो केही बढ्ने अनुमान गरिएको थियो ।

Muktinath Bank

तर चौथो दिनसम्म आइपुग्दा पनि बैठकको दृश्य नै फरक–फरक देखिन थालेको छ । प्रत्येक सदस्यलाई आफ्नो भनाइ राख्न ५ मिनेटको समय दिइएको छ । निर्धक्क भएर सदस्यहरूले नेतृत्वको विधि, विधान र कार्यशैलीमाथि टिप्पणी पनि गर्छन् । तर यही पाँच मिनेटमा प्रचण्डको आलोचनाबाट शुरू हुने बैठक टिप्पणी प्रशंसाबाट अन्त्य हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिनियर, जुनियरदेखि केन्द्रीय सदस्यसम्मको शैली यस्तै देखिने गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्य बताउँछन् । ‘माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा यसपटक पदाधिकारी र सबै केन्द्रीय सदस्यले समान रुपमा बोल्नका लागि ५ मिनेटको समय पाएका छन् । यो राम्रो र समान व्यवहार हो’ एक केन्द्रीय सदस्यले भने, ‘बैठकमा बोल्ने सदस्यहरूले अध्यक्ष प्रचण्डको आलोचनाबाट बोल्न शुरू गर्छन् तर ५ मिनेटको अन्त्यसम्म पुग्दा प्रशंसामा बदलिसकेको हुन्छ ।’


Advertisment
Nabil box
Kumari

निकटकाले त समर्थन गर्ने भइहाले विरोधी गुटका नेताले पनि आलोचनाबाट शुरू गरेको आफ्नो भाषण प्रशंसामा बदलेर टुंग्याउछन् । ‘बैठकमा बोल्न शुरू गर्दा नेतृत्वको जरो किलो नै उखेल्लान् जस्तो गरी केही नेता प्रस्तुत हुन्छन्’ ती नेताले भने, ‘तर एउटै नेताको भाषण अन्तिममा पुगिसक्दा प्रशंसामा परिणत भइसक्छ ।’

Vianet communication

पहिलो दुई दिन ओम शर्मा र लक्ष्मण पन्त अध्यक्ष प्रचण्डविरुद्ध आक्रामक देखाएका थिए । पार्टीमा चरम परिवारवाद हुर्किएको, छोरीलाई पिए र ज्वाईंलाई मन्त्री बनाएको भन्दै तीव्र आलोचना गरेका थिए । तर दोस्रो दिनदेखि भने नेतृत्वको आलोचनाजस्तो देखिने तर प्रशंसामा परिणत हुने गरेको सन्दर्भ अलग–अलग केन्द्रीय सदस्यले महसुस गरेका छन् । 

‘बुधवार शुरू भएदेखि शनिवारको चार दिनसम्म आइपुग्दा आकाश जमिनको फरक देखिएको छ’ धादिङ घर भएका एक केन्द्रीय सदस्य भन्छन्, ‘विरोध गर्नेले पनि घुमाएर अन्त्यमा नेतृत्वको प्रशंसा गरेर ब्यालेन्स गर्न खोजिएको देखिन्छ ।’
भ्रष्टाचार, अनियमितता र तस्करीविरुद्ध प्रभावकारी काम गरेकोप्रति पनि अधिकांश केन्द्रीय सदस्यले प्रचण्ड सरकारको प्रशंसा नै गरेका छन् ।

अघिल्लोपटकको महाधिवेशन कामचलाउमात्रै भएको, नेता कार्यकर्तालाई जिम्मेवारी नदिएको, पार्टी संरचनालाई कामकाजी नबनाएको, प्रदेशमा गुटबन्दी हुर्काएको जस्तो विषयमा नेतृत्वमा आलोचनामा भइरहेको छ । धेरै आलोचना नहोस् भनेर प्रचण्डको सचिवालयबाटै प्रतिरक्षाको लागि पनि नेताहरू परिचालन गरिएको एक नेता बताउँछन् । ‘आलोचना पनि विस्तारै प्रशंसामा परिणत हुन थालेपछि माथिबाटै प्रतिरक्षाको लागि पहल भएको हो कि भन्ने संकेत पनि मिलेको छ’ एक केन्द्रीय सदस्य भन्छन् ।

शनिवार माओवादी उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्ड आफैंले पार्टीभित्र गुटबन्दी रहेको भन्दै खेल्न खोजेको आरोप लगाए । तर घुमाएर आफू प्रचण्डकै वरिपरी भएको प्रष्टै बताए । 

‘होला कहिलेकाहीँ आँखा जुधाएर कुरा गर्न मन लाग्छ, गरिन्छ पनि । तर त्यसैलाई असहयोग गर्‍यो भनेर नेतृत्वको आडमा नानाथरी बिल्ला भिराएर प्रचारबाजी गरिन्छ । अध्यक्ष कमरेडले भन्नुपर्‍यो– कुन चाहिँ अप्ठेरो मोडमा तपाईंले मेरो साथ र समर्थन पाउनु भएन ?’ शर्माले भने, ‘तलतलसम्म कुन चाहिँ व्यक्तिलाई मैले मलाई गुटको नेता मान्नुपर्छ भनेर भोट मागेको छु ? विधि, विधान, पद्धति, प्रणाली मिचिएको कुरा उठाउनै पर्ने भएर उठाइयो होला । समस्या जे हो त्यो चाहिँ भन्नैपर्छ । चुप लागियो भने सुधार हुँदैन भन्ने मान्यताले कहिलेकाहीँ काम गर्‍यो होला ।’ 

बैठकमा रामप्रसाद सापकोटाले ‘दीपशिखा’ले पनि केन्द्रीय कमिटीलाई स्थायी कमिटीले भूमिकाविहीन बनाएको टिप्पणी गरे । तर लगत्तै सरकार र नेताविरुद्ध भइरहेका आरोपको प्रतिवादमा उत्रिन पनि अपिल गरे ।

‘एकातिर केन्द्रीय कमिटी छ, तर यसका सदस्यलाई भूमिकाविहीन बनाइएको छ । स्थायी कमिटी नै सबैथोक भएको छ । यही नै बलशाली र बाहुबली देखिएको छ’ सापकोटाले भने, ‘स्थायी कमिटीले सबैथोकमा निर्णय गर्दा केन्द्रीय सदस्य इच्छाविना नै ताली बजाउन बाध्य छन् ।’

तर उनले पार्टी निर्माणको आधारमा रुपमा अहिलेको सरकारको कामलाई जोड्न सकिने भन्दै नेताविरुद्धमा आएका विषयलाई प्रतिवाद गर्न आग्रह गरे । 

‘सरकारले भ्रष्टाचारविरुद्ध गरेका काम हाम्रो लागि यतिखेर उर्जाको रुपमा छन् । यही उर्जालाई संगठनमा रुपान्तरण गर्न सकिए हामी थप बलियो बन्छौं’ सापकोटाले भने, ‘नेताको गल्तीविरुद्ध निर्मम बनौं तर सरकारले राम्रो काम गर्दा प्रतिरक्षा गरौं ।’ 

अध्यक्षको लाइनसँगै अन्य नेता नदौडिए महाधिवेशनमा आफूहरूले हस्तक्षेप गर्ने पनि दीपशिखाले चेतावनी दिए ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x