०३ असार २०८३, बुधबार

भुम्लुमा उत्कृष्ट विद्यार्थीलाई १ लाखसहित सम्मान

साउन २१, २०८०
काभ्रेपलाञ्चोक
भुम्लुमा उत्कृष्ट विद्यार्थीलाई १ लाखसहित सम्मान

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण छात्रछात्रालाई जनही १ लाख रुपैयाँद्वारा सम्मान गरेको छ ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा एसईई परीक्षा दिएकामध्ये उत्कृष्ट १ छात्र र १ छात्रालाई शनिवार सम्मान गरेको हो ।
 
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेल र उपाध्यक्ष दावा लामाले अरुणोदय माध्यमिक विद्यालय सिम्थलीका छात्रा सोनिया खड्का र प्रकाश मावि भुम्लुटारका सन्देश उपे्रतीलाई जनही १ लाखद्वारा संयुक्त रूपमा सम्मान गरेका थिए । गाउँपालिकाभित्रका माध्यमिक विद्यालयतर्फ एसइई परीक्षामा औसत सर्वोत्कृष्ट अंक ल्याउने विषयगत ९ शिक्षकलाई पनि जनही २५ हजार रुपैयाँका दरले सम्मान गरिएको छ ।

कार्यक्रममा भुजेल र लामाले हाल माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीमा अध्ययनप्रति ऊर्जा एवं प्रोत्साहन प्रदान गर्न गाउँपालिकाले एसईईमा उत्कृष्ट छात्रछात्रालाई सम्मान गर्ने परम्पराको शुरूआत गरिएको बताए । गाउँपालिकाभित्र सर्वोत्कृष्ट छात्रा खड्काले ३ दशमलव २० र छात्र उप्रेतीले ३ दशमलव ५५ अंक प्राप्त गरेका थिए ।

गाउँपालिकाका २०० विद्यार्थीले २०७९ सालको एसईई परीक्षा दिएका थिए ।

जिल्लाको रोशी र तेमाल गाउँपालिकाले पालिकाभित्रबाट एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेका छन् । रोशीमा गाउँपालिका अध्यक्ष दिनेश लामाले ३ जनालाई प्रोत्साहनस्वरूप ५० हजार रुपैयाँका दरले नगदसहित सम्मान गरेका छन् ।

तेमालको वडा नम्बर २ मा माध्यमिक विद्यालयबाट एसईई परीक्षामा उत्कृष्ट नम्बर प्राप्त गरेका ३ विद्यार्थीलाई प्रोत्साहनस्वरूप जनही ५० हजार प्रदान गरिएको वडाध्यक्ष देव तामाङले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्