२६ असार २०८३, शुक्रबार

फेरि निर्माण हुँदै ‘हामी तीन भाइ’, चित्लाङबाट सुरु भयो छायांकन

साउन २१, २०८०
काठमाडौं
फेरि निर्माण हुँदै ‘हामी तीन भाइ’, चित्लाङबाट सुरु भयो छायांकन

दुई दशकअघिको हिट फिल्म ‘हामी तीन भाई’को नाममा फेरि नयाँ फिल्म बन्दैछ । उक्त फिल्मको छायांकन समेत सुरु भएको छ । 

मकवानपुरको चित्लाङबाट छायांकन सुरु गरिएको फिल्मलाई मधुसूदन भट्टराईले निर्देशन गर्दैछन् । 

साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्ममा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा ‘हर्के हवल्दार’, यादव देवकोटा ‘सरापे’, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसी, अञ्जु हमाल, विकास चापागाईं, सुष्मा निरौला, राज दीप, तारा शर्मा र बाल कलाकार एलेक्स खड्काको अभिनय रहनेछ । 

निर्देशक भट्टराईको कथा रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ फिल्मको सह–निर्मातामा छन् । विशेष सहयोगीमा शम्भु कुमार केसी र मनोज श्रेष्ठ रहेका छन् । 

शिव ढकालको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्ध निर्देशन, एसबी सापकोटाको संगीत, अशोक रोक्काको मेकअप, रेनिश फागोको कलर, एलिस कार्कीको पाश्र्वसंगीत, मिक्सिङ मुकेश शाह, भिएफएक्स समीर मियाँ, बनिष शाहको सम्पादन रहेको फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञान कुमार कट्टेल तथा सहायक निर्देशक दिनेश कार्की हुन् ।

salt training

कमेन्ट गर्नुहोस्