
राष्ट्रपति रामचन्द्र पौडेलले लोकबहादुर थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग न्युयोर्कको लागि नेपालको राजदूत एवं स्थायी प्रतिनिधिमा नियुक्त गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम थापालाई संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नेपालको राजदूत/स्थायी प्रतिनिधि पदमा नियुक्त गरेका हुन् ।
साथै, गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बियाका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
जनवादी गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत विष्णुपुकार श्रेष्ठलाई प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि र संघीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र पाराग्वेका लागिसमेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन् ।