×

NMB BANK
NIC ASIA

छात्रामाथि बाल यौन दुव्र्यवहार प्रकरणमा पक्राउ परेका शिक्षक १ लाख धरौटीमा रिहा

विराटनगर | साउन २४, २०८०

NTC
Premier Steels

विद्यालयका ५ छात्रामाथि बाल यौन दुव्र्यवहार गरेको आरोप लागेका मोरङको जहदा गाउँपालिकाको जनप्रिय आधारभूत विद्यालयका २७ वर्षीय शिक्षक विकाशकुमार साह धरौटीमा रिहा भएका छन् । 

Muktinath Bank

मोरङ अदालतका न्यायाधीश राजेश्वर अर्यालको इजालाशले उनलाई १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङ अदालतमा दायर भएको बाल यौन दुर्व्यवहार मुद्दामा शिक्षक साहविरुद्ध ५ जना छात्राको जाहेरीमा छुट्टाछुट्टै अभियोग दर्ता भएको थियो । थुनछेकपछि न्यायाधीश अर्यालको इजालशले ५ वटा मुद्दामा जनही २० हजार रुपैयाँका दरले धरौटीमा छोड्न आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

अदालतले तोकेको धरौटी रकम बुझाएर शिक्षक साह रिहा भएका छन् ।

Vianet communication

साहले पछिल्लोपटक जेठ ३२ गते छात्रालाई यौन दुव्र्यवहार गरेको उजुरी मोरङ प्रहरीमा परेको थियो । प्रहरीमा जाहेरी परेपछि शिक्षक साह असार ११ गते पक्राउ परेका थिए । 

५ जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेका साह करारमा नियुक्त भएका शिक्षक हुन् । उनले ४ देखि ८ कक्षासम्म विज्ञान विषय पढाउँदै आएका छन् । उनीमाथि गत वर्ष पनि विद्यार्थीमाथि दुव्र्यवहार गरेको आरोप लागेको थियो । त्यतिबेला स्कूलमा घटना मिलाइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । बुधबार बहस भएर ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुने भएको हो ।  आज सन्दीप पक्षका वकिलले ...

माघ ८, २०८०

पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यक...

पुस २५, २०८०

बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय तोक्न आजलाई पेसी तोकिएको थियो ।  काठमाडौं जिल्ला अदालतका न्यायाधीश ...

मंसिर ९, २०८०

संघीय संसद्‍अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित ६ न्यायाधीशविरूद्ध उजुरी आह्वान गरेको छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसा...

मंसिर ३०, २०८०

नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)विरुद्धको मुद्दा दोहोर्‍याएर हेर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।  सुष्मालता माथेमा र हरि फुयालको संयुक्त इजलासले ...

माघ २९, २०८०

बाँसबारी छाला जुत्ता कारखाना जग्गा विवादमा आदेश गर्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश आचार्यलाई कारबाही स्वरूप आइतबार ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x