३१ असार २०८३, बुधबार

फिल्म ‘जुलेबी’को गीत सार्वजनिक

साउन २५, २०८०
काठमाडौं
फिल्म ‘जुलेबी’को गीत सार्वजनिक

भदौको १ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जुलेबी’को गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमकाबीच ‘आज मन...’ बोलको गीत सार्वजनिक गरिएको हो । 

फिल्मको कथा बोल्ने ‘थिम सङ’का रुपमा ल्याइएको गीतमा केतन क्षेत्रीको स्वर छ । केतन र कोसिस क्षेत्रीको शब्द एवं संगीत रहेको गीतको भिडियोमा फिल्ममा शीर्ष कलाकारहरू प्रस्तुत छन् । 

गणेशदेव पाण्डेको कथा एवं निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा र मोनिका थापा शीर्ष भूमिकामा छन् । गीत रिलिज कार्यक्रममा कलाकारहरूले फिल्ममा आफूहरूले मेहनतका साथ काम गरेको बताउँदै दर्शकले रुचाउने विश्वास व्यक्त गरे । 

निर्देशक पाण्डेका फरक-फरक चरित्रका पात्रहरूको व्यक्तिगत जीवनमा घटेका घटनाहरूको कथामा फिल्म बनेको छ ।

काठमाडौंको रत्नपार्क आसपासमा यस फिल्म खिचिएको हो ।

आभा शर्मा नेपाल यस फिल्मको निर्माताका रुपमा छिन् ।

salt training

कमेन्ट गर्नुहोस्