०७ असार २०८३, आइतबार

उत्कृष्ट अभिनेता बने अनमोल केसी

साउन २८, २०८०
काठमाडौं
उत्कृष्ट अभिनेता बने अनमोल केसी

 अमेरिकाको न्यूयोर्कमा सम्पन्न छैटौँ ग्लोबल नेपाली फिल्म अवार्डमा  सर्वोत्कृष्ट अभिनेतातर्फको पुरस्कार अभिनेता अनमोल केसीले जितेका छन् ।

यसैगरी सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार स्वस्तिमा खड्काले जितेकी छिन् ।

यसैगरि चरित्र अभिनेता पुरुषतर्फ वरिष्ठ कलाकार सुनिल थापा तथा चरित्र अभिनेत्रीको पुरस्कार प्रियङ्का कार्कीलाई प्रदान गरिएको छ ।

चलचित्र दीर्घ साधना सम्मान ४० वर्ष सम्म चलचित्र उद्योगमा योगदान गरे बापत शिव श्रेष्ठलाई प्रदान गरिएको छ ।

यसैगरी उत्कृष्ट गायिकाको उपाधि प्रविशा अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ भने उत्कृष्ट नृत्य निर्देशकको पुरस्कार शिव बिकलाई प्रदान गरिएको छ ।

यस्तै अभिनेता सरोज खनाललाई चलचित्र सिद्धि पुरस्कार प्रदान गरिएको छ । 
सर्वोत्कृष्ट डायस्पोरा चलचित्रको पुरस्कार भने लक्का जवानले जितेको छ ।

शनिवार क्विन्सको मेलरोज बलरुममा सम्पन्न पुरस्कार समारोहमा विभिन्न विधा अन्तर्गत चलचित्र तथा कलाकर्मी मध्ये सर्वोत्कृष्टलाई पुरस्कार वितरण गरिएको हो ।

कमेन्ट गर्नुहोस्