
पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल सोमवार आफ्नो जन्मदिन मनाइरहेकी छिन् । उनलाई बिहानैदेखि संगीतकर्मी, शुभचिन्तक, साथीभाई एवं फ्यानहरुले शुभकामना दिइरहेका छन् ।
सानो उमेर र छोटो समयमै साङ्गीतिक क्षेत्रमा स्थापित यी गायिकाले जन्मदिनको अवसर पारेर तीज गीत सार्वजनिक गरेकी छिन् ।
‘तीजको सम्झना’बोलको गीतमा रचनाको एकल स्वर छ । दीपक शर्माको शब्द एवं संगीत रहेको गीतलाई पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका हुन् ।
यो गीतको भिडियो रचना स्वयंमले नृत्य गरेकी छिन् ।
उनले आफ्नी बहिनी पूर्णिमा रिमाललाई समेत यस गीतको भिडियोमा नृत्य गराएकी छिन् । साथै, अनुपा विष्टलगायतको नृत्य भिडियोमा हेर्न सकिन्छ ।
विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई प्रकाश खड्काले छायांकन, मिलन विश्वकर्माले कलर एवं सम्पादन गरेका हुन् ।
यो गीत रचनाको आफ्नै अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।