
टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’को डिजिटल अडिसन सम्पन्न भएको छ । डिजिटल अडिसनबाट छनौट भएका प्रतिस्पर्धीलाई मंगलवार फिजिकल अडिसन गरिने भएको आयोगजकले जनाएको छ । फिजिकल अडिसन एजे इन्टरटेनमेन्टसको स्टुडियो पहेंलो पुल काठमाडौँमा हुने अध्यक्ष अजय पोखरेलले बताए ।
मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’मा कोमल वली, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा र रमेश बिजी निर्णायकको भूमिकामा हुनेछन् । होस्टको रूपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहनेछन् ।
प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । ‘दोहोरी आइकन्स’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका थिए ।
केही महिनापछि प्रसारण शुरू हुने यो कार्यक्रम योहो टेलिभिजनबाट प्रसारण हुनेछ ।