११ साउन २०८३, सोमबार

‘ऐंचो पैंचो’मा नेता बनेकी स्वस्तिमा, ट्रेलर रिलिज

साउन २९, २०८०
काठमाडौं
‘ऐंचो पैंचो’मा नेता बनेकी स्वस्तिमा, ट्रेलर रिलिज

नेपाली कथानक चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । 

सोमवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलर राजनीतिक कथामा केन्द्रित छ ।

कृषा चौलागाईंद्वारा निर्देशित यो फिल्ममा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशील सिटौला, कोशिश क्षेत्री, बुद्धि तामाङ लगायतको मुख्य अभिनय छ । 

अभिनेत्री स्वस्तिमा ट्रेलरमा भोटका लागि हात जोड्दै पर्चा बाँडिरहेको देखिएकी छिन् ।

ट्रेलरमा अन्तिममा उनको संवाद छ, ‘यसको पोलिटिकल करिअर त म यस्तो ध्वस्त बनाइदिन्छु नि ।’ यो संवादले उनी चुनावी मैदानमा उत्रिनुको केही कारण रहेको संकेत गर्छ । 

त्यस्तै, अभिनेता मुकुन भुषालको एउटा संवादले युवाहरूको वैदेशिक रोजगारीको वाध्यतालाई समेत फिल्मले उठान गरेको बुझ्न सकिन्छ । 

प्रितम लामिछाने र आध्या लामिछाने फिल्मको निर्माता हुन् । भदौंको १४ गतेबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्