१९ असार २०८३, शुक्रबार

प्रादेशिक अस्पतालमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन

साउन २९, २०८०
मकवानपुर
प्रादेशिक अस्पतालमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
प्रतिकात्मक तस्वीर

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशका १३ अस्पतालमा क्याबिन र आईसीयूबाहेक सबै शय्या निःशुल्क सेवा दिन निर्देशन दिएका छन् ।

निर्देशनपछि अब आउँदो भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ । 

प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतवार सूचना जारी गर्दै निःशुल्क बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको छ । ती अस्पतालका क्याबिन, एनआईसीयू र आईसीयूबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका ८११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न मन्त्रालयले पत्राचार गरेको छ ।

सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्ग (वर्ग क र ख), विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्ने प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रीस्तरीय निर्णय गरिएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले बताए । ‘अनिवार्यरूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छौं,’ डा. भुसालले भने ।

भदौ १ गतेदेखि १३ वटा अस्पतालमा रहेका सामान्य शय्याहरू निःशुल्क उपलब्ध गराउने भएको हो । प्रदेशका सबै जिल्ला अस्पतालबाट नागरिकले ८११ वटा शय्याबाट निःशुल्क सेवा पाउनेछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्